ad ad

समाज


महरालाई हिरासतमा राख्ने अनुमतिका लागि अदालत लगियो

महरालाई हिरासतमा राख्ने अनुमतिका लागि अदालत लगियो

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमा कृष्णबहादुर महरा। तस्बिर : सरोज बैजु


सरोज बैजु
चैत ५, २०८० सोमबार १६:१४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई हिरासतमा राखेर अनुसन्धानका लागि अनुमति लिन काठमाडौँ जिल्ला अदालत लगिएको छ।

अदालतको ३२ नं. इजलासमा उनलाई प्रस्तुत गरिँदै छ। न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासमा हिरासतमा राख्ने अनुमतिका लागि सरकारी वकिलले प्रस्तुत गर्न लागेका हुन्।

कुनै पनि आरोपीलाई पक्राउ गरेपछि २४ घण्टाभित्र मुद्दा हेर्ने अधिकारीसमक्ष प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था छ।

महरालाई तस्करीको १४ किलो सुन प्रकरणमा जोडिएपछि पक्राउ गरिएको हो।

पूर्वन्यायाधीश डिल्ली आचार्य नेतृत्वको जाँचबुझ आयोगले सुन तस्करी प्रहरणमा उच्च राजनीतिक नेतृत्व पनि जोडिएको प्रतिवेदन दिएसँगै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरी निगरानी थिए।

यसबीचमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न उच्च सुरक्षाअधिकारीहरूलाई आइतबार निर्देशन दिए।

गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई गृहमन्त्रालयमै राखेर उनले उक्त प्रतिवेदन कार्यान्वयन अघि बढाउन भनेका थिए।

गृहमन्त्री लामिछानेको निर्देशनसँगै सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीले पनि उक्त आयोगको प्रतिवेदन बुझिसकेका थिए।

प्रतिवेदन हात परेसँगै सीआईबीले महरालाई निगरानीमा राखेको थियो। 

प्रहरीको निगरानीमै रहेका बेला महरा उपत्यकाबाट बाहिरिए। उनी स्थलमार्ग हुँदै नवलपुरको बर्दघाट पुगेको अवस्थामा प्रहरीले पछ्याउन थालेको थियो।

प्रहरीका एक उच्च अधिकारीका अनुसार महरा भारततिर भाग्ने योजनासहित काठमाडौंबाट बाहिरिएका थिए। यद्यपि महराले कपिलवस्तुबाट पक्राउ गरिँदा आफू रोल्पामा हुन लागेको कार्यक्रममा जान हिँडेको जवाफ दिएका थिए।

बर्दघाबाट पछ्याएको प्रहरीले उनलाई आइतबार साँझ नै बुटवल आसपासबाट पक्राउ तयारी गरेको थियो। तर उनी त्यहाँबाट अघि बढेका महरालाई सोमबार बिहान खाना खान तयारी अवस्थामा रहेको अवस्थमा प्रहरीले पक्राउ गर्‍यो।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाटसमेत बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागले साढे ६१ किलो सुन बरामद गरेको थियो। 

त्यसैगरी इलेक्ट्रिक चुरोट (भेप) मा हालेर ल्याएको १४ किलो सुन तस्करी प्रकणमा पनि माओवादीका उच्च तहका नेता, कर्मचारीदेखि व्यापारीहरूसमेतलाई आयोगले दोषी देखाएको छ।

तस्करीमा जोडिएकाहरूसँग महराको सम्पर्क देखिए पनि यसअघि सीआईबीले प्रतिवादी बनाएको थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .