समाज


विराटनगरमा नमूना संयुक्त राष्ट्रसंघ सम्मेलन, मुख्य २ अन्तर्राष्ट्रिय समस्याबारे बहस

विराटनगरमा नमूना संयुक्त राष्ट्रसंघ सम्मेलन, मुख्य २ अन्तर्राष्ट्रिय समस्याबारे बहस

नेपालखबर
चैत ७, २०८० बुधबार ११:५७, काठमाडौँ

कोशी प्रदेशलाई केन्द्रित गर्दै विराटनगरमा नमूना संयुक्त राष्ट्रसंघ सम्मेलनको तेस्रो संस्करण आयोजना भएको छ।

वैचारिक युवा समाज र अमेरिकी दूतावासको सहकार्यमा आयोजित यस नमूना संयुक्त राष्ट्रसंघको यो संस्करण पछि नेपालमा हुने अन्तर्राष्ट्रिय स्तरको सम्मेलन (एभरेष्ट अन्तराष्ट्रिय नमूना संयुक्त राष्ट्रसंघ सम्मेलन) को लागि चौथो चरण हुनेछ।

विराटनगरमा गत फागुन २४-२६ मा आयोजित सम्मेलनको उद्घाटन समारोहमा पूर्वाञ्चल विश्वविद्यालयको डीन डा. संदेश डास श्रेष्ठ (प्रमुख अतिथि) को र उनीसँगै अमेरिकन कर्नर कार्यक्रमको संयोजक अंशु चौहान (अतिथि) को उपस्थिति थियो।

सम्मेलनमा १८ देखि ३० वर्षको उमेरका ४४ जना युवाहरुको सहभागिता थियो। उनीहरुले दुई भिन्न तर महत्वपूर्ण अन्तर्राष्ट्रिय समस्यालाई सम्बोधन गरेर बहस गरेका थिए। 

पहिलो समिति (यूएनवुमन)ले "लैङ्गिक हिंसा सम्बन्धी विद्यमान कानुनको कार्यान्वयनमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्दै तिनको राम्रो कार्यान्वयनका लागि उपायहरू प्रस्ताव गर्ने” मा बहस गरेको थियो भने दोस्रो समिति (आईओएम) ले “आप्रवासन व्यवस्थापन गर्न एक व्यापक र सहयोगी विश्वव्यापी दृष्टिकोणको आवश्यकता बारे छलफल गरेको थियो। 

प्रतिनिधिहरू आफ्नो अन्तर्दृष्टिपूर्ण विचार, कूटनीतिक वार्ता र मस्यौदा प्रस्तावहरूमार्फत सक्रिय रूपमा बहसमा संलग्न थिए। प्रत्येक प्रतिनिधिले कूटनीति र सहयोगको माध्यमबाट आफ्नो उत्कृष्ट प्रदर्शन गरे। समिति बैठकको दोस्रो दिन एक घण्टा लामो विज्ञ सत्र भएको थियो।

यूएनवुमनकी विज्ञ नेपाल एनजीओ महासंघका सचिव सरिता खनाल र आईओएमका लागि विशेषज्ञ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा समाजशास्त्र विभाग प्रमुख डा. चन्द्र उपाध्यायले समितिलाई नयाँ दृष्टिकोण दिएर बहसलाई अझै फलदायी बनाएका थिए। 

सम्मेलनको अन्त्यमा प्रदेश प्रमुख, अधिवक्ता मञ्चबाट रुक्मिना दाहाल (प्रमुख अतिथि) र विकल्प-अल्टरनेटिभ, विराटनगरका संस्थापक बसन्त अधिकारी (अतिथि) को उपस्थिति थियो।

मन्तव्यमा प्रमुख अतिथिले "नमूना संयुक्त राष्ट्र संघ" जस्ता युवाहरूमा केन्द्रित प्लेटफर्म पूर्वाञ्चल प्रदेशका युवा व्यक्तिहरूका लागि महत्वपूर्ण रहेको भन्दै यस्ता सम्मेलनलाई निरन्तरता दिन आग्रह गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई स्वागत गर्न खुला रहेको बताए।

सम्मेलनद्वारा पूर्वाञ्चल प्रदेशको शैक्षिक स्तरोन्नतिको र युवा जागरणको पहलमा सकारात्मक उपलब्धि हासिल भएको आयोजक समितिले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .