ad ad

समाज


बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको मातहतमा ल्याइयो

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको मातहतमा ल्याइयो

नेपालखबर
चैत ९, २०८० शुक्रबार १७:८, काठमाडौँ

काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले शुक्रबार पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिएका हुन्। 

२०४४ सालमा च्याम्पियन फुटवेयरको नाममा हडपिएको उक्त जग्गा अहिले चौधरी ग्रुप सञ्चालक रहेको चाँदबाग रेसिडेन्सी प्रालिको नाममा थियो।

‘हाल चाँदबाग रेसिडेन्सी प्रालिको नाममा लगिएको बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा सरकारीकरण गर्ने निर्णय भएको छ’, अधिकारीले भने, ‘नेपाल सरकारको स्वीकृतबिना उक्त जग्गा कसैलाई पनि हस्तान्तरण गर्न पाइँदैन। मन्त्रिपरिषद्को निर्णय वा नेपाल सरकारको सहमति वा स्वीकृति चाहिनुपर्नेमा त्यस्तो नदेखिएको कारण उक्त जग्गा आजैदेखि सरकारको नाममा ल्याउने निर्णय भएको छ।’

मन्त्री अधिकारीका अनुसार बाँसबारी छालाजुत्ता उद्योगको ६ रोपनी जग्गा २०४४ साल भदौ ५ गते च्याम्पियन फुटवेरको नाममा गएको थियो।

त्यसपछि २०४४ मंसिर १८ गते थप ४ रोपनी सरकारी जग्गा च्याम्पियन फुटवेयर प्रालिको नाममा पास गरिएको थियो। मन्त्री अधिकारीका अनुसार कित्ता नम्बर ५० को १० रोपनी जग्गा च्याम्पियन फुटवेयर प्रालिको नाममा लगिएको थियो।

‘उक्त जग्गा अब नेपाल सरकारकै मातहत ल्याउने काम भएको छ’, उनले भने, ‘त्यसका लागि डिल्ली बजार मालपोत कार्यालयले आवश्यक फैसला गरिसेको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .