ad ad

समाज


राशिफल २३ चैत : सिंहलाई निलो रङको पहिरनले दिनेछ व्यक्तित्वमा निखार, तपाईंको कुन?

राशिफल २३ चैत : सिंहलाई निलो रङको पहिरनले दिनेछ व्यक्तित्वमा निखार, तपाईंको कुन?

पण्डित नारायणप्रसाद दुलाल
चैत २३, २०८० शुक्रबार ४:४०, काठमाडौँ

आज शुक्रबार, २३ चैत २०८०। तदनुसार ५ अप्रिल २०२४। हेर्नुस् आजको राशिफल-

मेष : भाग्यले विभिन्न अवसर जुराउनेछ। धार्मिक, राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। पारिवारिक प्रेम कसिलो हुनेछ। व्यापारमा गरेको लगानीले राम्रै प्रतिफल दिलाउनेछ।

भाग्यशाली रङ गुलाबी र भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६९, वैदेशिक कार्यमा ८० र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खैरो रङको प्रयोग उपयुक्त छैन।

वृष : स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। रोकिएको धन हात पर्ला। पढाइलेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ। दाजुभाइ तथा साझेदारहरूसँग मिलेर काम गर्न सकिएला।

भाग्यशाली रङ पर्पल र भाग्यशाली अङ्क ८ हो भने प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, वैदेशिक कार्यमा ६२ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीको दर्शन गरेर दिनको सुरुआत गर्नु राम्रो हुनेछ। दक्षिण दिशाको यात्रा फलदायी छैन।

मिथुन : न्यायिक कार्यमा सफलता मिल्नेछ। कहीँकतैबाट कुनै उपहार प्राप्त होला। अरूलाई प्रभावमा पारेर काम बन्नेछ। दाम्पत्य सुखमा रमाउने समय छ। लाभदायक यात्रा हुनेछ। तर, स्वास्थ्यको भने ख्याल गर्नु होला।

भाग्यशाली रङ आकाशे र भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६८, वैदेशिक कार्यमा ६२ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ। हरियो रङको प्रयोग फाप्ने देखिएन।

कर्कट : स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। स्फूर्ति र उमङ्गको कमी हुनेछ। अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ, सकेसम्म जोगिनुहोस्। सहकर्मीबाट विरोध आउला। आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ।

भाग्यशाली रङ रातो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ४०, वैदेशिक कार्यमा ७६ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ४४ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कामको सुरुआत गर्दा अप्ठेरा काम पनि सजिलै सम्पन्न गर्न सकिनेछ। लगानीको अवसर आउला तर आवेगमा लगानी नगर्नु होला।

सिंह : नयाँ काम सुरु गर्ने समय छ। कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। लामो समयदेखि रोकिएका काम पुरा हुनेछन्। कसैलाई सापटी दिएको रकम फिर्ता मिल्न सक्छ।

भाग्यशाली रङ निलो र भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६७, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्रेमी/प्रेमिकाको सल्लाहमा अघि बढ्नु राम्रो हुनेछ। झुट चाहिँ नबोल्नु होला।

कन्या : पारिवारिक माहोल तथा माङ्गलिक कार्यमा सहभागी भइनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ। घरमा अतिथिको आगमन हुनेछ।

भाग्यशाली रङ निलो र भाग्यशाली अङ्क २ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ८०, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षारोपण गर्नु राम्रो हुनेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला।

तुला : परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रविधिमार्फत दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। महत्त्वपूर्ण कामको थालनी हुनेछ। प्रेम जीवन सामान्य नै रहनेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला।

भाग्यशाली रङ निलो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५१, वैदेशिक कार्यमा ७८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ५४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कामको सुरुआत गर्दा राम्रो हुनेछ। खरानी रङको प्रयोग उपयुक्त छैन। 

वृश्चिक : यात्रामा मालसामान हराउन सक्छ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला। परिवारभित्र मनमुटाव बढ्ने सङ्केत छ।

भाग्यशाली रङ पहेँलो र भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ३२, व्यापारमा ४४, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिएर काम गर्दा बढी सहजता हुनेछ। छलकपटतिर चाहिँ नलाग्नु होला।

धनु : सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। प्रेमी/प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न हुनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। तर, साँझमा भने झन्झटिलो कार्यमा समय खेर जान सक्छ।

भाग्यशाली रङ हरियो र भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ५८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दीर्घकालीन महत्त्वको काम गर्नुअघि वृक्षारोपण गरेमा भविष्यमा आशातीत प्रतिफल प्राप्त हुनेछ। यात्राबाट त्यति राम्रो फल देखिँदैन। त्यसैले भरिसक्के लामो यात्रा नगरेकै बेस हुन्छ।

मकर : रमणीय र सुखद यात्राको योग छ। रोकिएका काम पुरा हुनेछन्। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। नयाँ वस्त्र उपहार पाइनेछ। आर्थिक कारोबारबाट राम्रै लाभ हुनेछ। निर्णय क्षमतामा भने कमी आउनेछ।

भाग्यशाली रङ गुलाबी र भाग्यशाली अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५२, वैदेशिक कार्यमा ३५ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

कुम्भ : धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुन सक्छ। चलाखीपूर्ण बोलीले काम बन्नेछ। व्यवसायमा सफलता र आर्थिक सहयोग मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ। दिनको मध्यमा शैक्षिक क्षेत्रमा प्रगति होला।

भाग्यशाली रङ हरियो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ५१, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कामको सुरुआत गर्नु राम्रो हुनेछ। कालो रङको प्रयोग उपयुक्त छैन।

मीन : आफन्तजनसँग विवादमा पर्ने सम्भावना छ। अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ। विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनु होला। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ।

भाग्यशाली रङ सेतो हो भने भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४३, व्यापारमा ३५, वैदेशिक कार्यमा ५५ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ३५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गरेमा आर्थिक संकटबाट मुक्ति पाइएला। उत्तर दिशाको यात्राबाट आशातीत फल मिल्दैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .