ad ad

समाज


चैत २४ को राशिफल: वृष र धनुलाई व्यापारमा लाभ, कुम्भ प्रेममा सफल, अन्यलाई के?

चैत २४ को राशिफल: वृष र धनुलाई व्यापारमा लाभ, कुम्भ प्रेममा सफल, अन्यलाई के?

पण्डित नारायणप्रसाद दुलाल
चैत २४, २०८० शनिबार ४:४२, काठमाडौँ

आज शनिबार, २४ चैत २०८० (६ अप्रिल २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : लाभदायक यात्रा हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। एक अर्कासँग केही न केही आशा गरिरहनु हुनेछ। दाजुभाइ तथा साझेदारसँग मिलेर गरिने पेसा-व्यवसायबाट भनेजस्तो धन कमाउन सकिएला।

भाग्यशाली रङ निलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६९, वैदेशिक कार्यमा ६२ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीको दर्शन गर्नु राम्रो हुनेछ। हरियो रङको प्रयोग उपयुक्त छैन।

वृष : चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुन सक्छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। जोस, जाँगर र हिम्मत बढ्नेछ। पारिवारिक प्रेम सम्बन्ध कसिलो हुनेछ।

भाग्यशाली रङ आकाशे र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ८०, वैदेशिक कार्यमा ७४ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५९, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्रेमी/प्रेमिकाको सल्लाह मानेर अघि बढ्नु राम्रो हुनेछ। झुट बोलेमा आफैँलाई हानि गर्नेछ।

मिथुन : कहीँकतैबाट कुनै उपहार प्राप्त होला। आफन्तसँगको सम्बन्ध गाढा र सुमधुर रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। लाभदायक यात्रा हुनेछ। स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ५३, वैदेशिक कार्यमा ४० र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ६४ र सम्पूर्ण भाग्याङ्क ५२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। आवेगमा लगानी गर्नु ठीक छैन।

कर्कट : विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। नजिकका व्यक्तिबाट काममा बाधा आउला। सहकर्मीबाट विरोध आउला। स्फूर्ति र उमङ्गको कमी हुनेछ। आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४३, व्यापारमा ४५, वैदेशिक कार्यमा ५५ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३६, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खरानी रङको प्रयोग उपयुक्त छैन।

सिंह : लामो समयदेखि रोकिएका काम पुरा हुनेछन्। कुनै कुराले मनमा उमङ्ग र उत्साह व्याप्त हुनेछ। गरेको कार्यबाट लाभ र सफलता पाइनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कसैलाई सापटी दिएको रकम फिर्ता मिल्न सक्छ।

भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५१, वैदेशिक कार्यमा ७८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवीन कार्यको सुरुआत गर्नुअघि वृक्षारोपण गर्नु राम्रो हुनेछ। दक्षिण दिशाको यात्रा फलदायी छैन।

कन्या : नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, वैदेशिक कार्यमा ६२ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहको स्मरण गरेर कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। भरिसक्के लामो यात्रा नगर्नु होला।

तुला : परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेम जीवन सामान्य नै रहनेछ। पारिवारिक सद्भाव बढ्नेछ। प्रविधिमार्फत दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ५८, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। छलकपट चाहिँ नगर्नु होला।

वृश्चिक : लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला। परिवारभित्र मनमुटाव बढ्ने सङ्केत छ। आँटेको काममा ढिलासुस्ती हुन सक्छ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। सहकर्मीबाट विरोध आउला।

भाग्यशाली रङ गुलाबी हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ३२, व्यापारमा ४९, वैदेशिक कार्यमा ८० र शिक्षामा ३६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३३ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

धनु : सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक कार्यमा सहभागी भइनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। साँझमा झन्झटिलो कार्यमा समय खेर जान सक्छ।

भाग्यशाली रङ निलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ८०, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज सूर्यको दर्शन गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। कालो रङको प्रयोग नगर्नु होला।

मकर : बन्धुबान्धवबाट सहयोग मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्राविधिक कार्यबाट सफलता मिल्नेछ। नयाँ वस्त्र उपहार पाइनेछ। रमणीय र सुखद यात्राको योग छ। आर्थिक कारोबारमा राम्रै लाभ हुनेछ। निर्णायक क्षमतामा भने कमी आउनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ५६, वैदेशिक कार्यमा ३३ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५९, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिको सुझावअनुसार काम गर्नु राम्रो हुनेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला।

कुम्भ : घरमा अतिथिको आगमन हुनेछ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुन सक्छ। आँटेको काममा फाइदा मिल्नेछ। चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। दिनको मध्यमा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ।

भाग्यशाली रङ हरियो र अङ्क ७ हो भने प्रेम र सम्बन्धमा ८०, व्यापारमा ७१, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ६४ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। उत्तर दिशाको यात्रा फलदायी छैन।

मीन : दिन माध्यम खालको रहनेछ। विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ। आफन्तजनसँग विवाद हुने सम्भावना छ। बोलीको विपरीत अर्थ लाग्न सक्छ। तर, धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ।

भाग्यशाली रङ रातो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४१, वैदेशिक कार्यमा ४५ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। सेतो रङको प्रयोग नगर्नु होला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .