समाज


रुसी सेनामा भर्ना भएका नागरिकका परिवारले गुहारे गृहमन्त्री

रुसी सेनामा भर्ना भएका नागरिकका परिवारले गुहारे गृहमन्त्री

तस्बिर : गृहमन्त्रीको सचिवालय


नेपालखबर
चैत २३, २०८० शुक्रबार १९:४३, काठमाडौँ

रुसी सेनामा भर्ना भएका नेपाली नागरिकका परिवारका सदस्यहरूले जीवन रक्षाका लागि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमक्ष आग्रह गरेका छन्।

‘रुसी सेनामा आवद्ध नेपालीको जीवनरक्षार्थ अभियान’ले युक्रेनसँगको युद्धका क्रममा रुसी सेनामा भर्ना भएका नेपालीको जीवनरक्षा र  सकुशल फिर्ताको पहल गरिदिन उपप्रधान तथा गृहमन्त्री लामिछानेसमक्ष आग्रह गरेको हो।

केही पीडित परिवारले लामिछानेलाई ११ बुँदे मागसहितको ध्यानाकर्षण–पत्र बुझाउँदै सकुशल उद्धा, मृतकका आश्रित परिवारलाई राहत, मृतक भनिएका तर पुष्टि नभएकोको अवस्था सार्वजनिक, वेपत्ताको खोजी, युक्रेनमा रहेका युद्धबन्दीको उद्धार र घाइतेको उपचारबारे सरकारलाई गम्भीर हुन आग्रह गरेका हुन्। 

पीडित परिवारका सदस्यसँगको कुराकानीका क्रममा मन्त्री लामिछानेले समस्याबारे आफू पूर्ण जानकार रहेको बताए।

उनले अन्तरदेशीय समन्वय प्रभावकारी नहुँदा समस्या भएको बताएका थिए। 

त्यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग तत्काल छलफल गर्ने जानकारी पनि उनले दिए। 

‘तपाईंहरुको पीडाबारे पूर्ण जानकार छु। नेपालभित्रै पनि समन्वय अभावका कारण थप पीडा खेप्नु परेको छ। यसबारे कसरी समन्वय गर्न सकिन्छ, आज/भोलि नै प्रधानमन्त्रीसँग छलफल गर्छु’ लामिछानेले भने। 

रुसी सेनामा रहेका आफन्तलाई सकुशल फर्काइदिने भन्दै केहीले आफूहरूसँग पैसा लिएको भन्दै पीडितले तिनलाई पक्राउ गर्न गृहमन्त्रीसमक्ष माग गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .