समाज


छोराछोरीको पढाइ प्रगति मोबाइलबाटै हेर्न सक्छन् अभिभावक

छोराछोरीको पढाइ प्रगति मोबाइलबाटै हेर्न सक्छन् अभिभावक

नेपालखबर
चैत २५, २०८० आइतबार १७:९, काठमाडौँ

अनलाइन माध्यममा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकले आफ्नै मोबाइलबाट छोराछोरीको प्रगति हेर्न सक्ने भएका छन्।

एम्बिसन गुरु नेपाल प्रालिले ल्याएको यस एपबाट अध्ययनरत आफ्ना बालबालिकाले एपमा कति समय बसेर पढिरहेका छन् र पढाइमा कति प्रगति भइरहेको भनेर हेर्न सक्छन्।

एपमा विद्यार्थीले कतिवटा लाइभ क्लास लिए, कति छुटाए, कुनकुन परीक्षामा सहभागी भए र नबुझेका कुरा शिक्षकलाई प्रश्न गरिरहेका छन् कि छैनन् भनेर पनि हेर्न सकिने सुविधा राखिएको छ।

परीक्षामा विद्यार्थीले कुन विषयमा कति अंक ल्याएका छन् र त्यसमा गुरुले दिएको सल्लाह पनि  मोबाइलबाटै हेर्न सकिने बनाइएको छ।

कुनकुन विषयमा अझ मिहेनत गर्नुपर्छजस्ता कुरा एआई प्रविधिले स्वचालितरूपमा निर्देशित गर्छ। यस्तै प्रत्यक्ष गुरुसँग पनि परामर्श लिन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

आफ्नो जिम्मेवारी बहन गर्ने सिलसिलमा छोराछोरीबाट टाढा बस्नुपर्ने बाध्यता भएका अभिभावकका लागि यो एप वरदान सावित हुने विश्वास कम्पनीको छ।   

इ–लर्निङ प्लेटफर्म एम्बिसन गुरु एप डाउनलोड गर्नेको संख्या एक लाखभन्दा बढी छ। यसमा एसईई, प्लसटु, स्नातक र स्नातकोत्तर तहका विभिन्न विषयका परीक्षाको तयारी गराइन्छ।

यस्तै, लोक सेवा, शिक्षक सेवा, संस्थानहरू, बैंकहरू, सुरक्षा निकायका विभिन्न दरबन्दीका लागि खुलेका आवेदनको तयारी कक्षा पनि हुन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .