समाज


बोट पल्टिएर फेवातालमा खसेका युवकको सशस्त्र प्रहरीद्वारा उद्धार

बोट पल्टिएर फेवातालमा खसेका युवकको सशस्त्र प्रहरीद्वारा उद्धार

नेपालखबर
चैत २५, २०८० आइतबार १७:४६, काठमाडौँ

फेवातालमा बोटिङ गर्नेक्रममा दुर्घटनामा परेका एक युवकको सशस्त्र प्रहरी बलले आइतबार अपरान्ह उद्धार गरेको छ।

स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका–३ घर भई पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने २० वर्षीय सोभित परियार बोटिङ गर्ने क्रममा अचानक आएको हावाहुरीको तालमा खसेका थिए।

बोट पल्टिएर भएको दुर्घटनापछि सशस्त्र प्रहरी बलको फेलातालस्थित रेक्यु टावरमा तैनाथ उद्धार टोलीले उनको तत्कालै उद्धार गरेको हो।

हावाहुरीका कारण तालबराही मन्दिरमा अड्किएका करिब २५ जना आन्तरिक तथा बाह्य पर्यटकको पनि त्यही टोलीले उद्धार गरेको सशस्त्र प्रहरीका केन्द्रीय सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .