घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने क्रममा २ जना महिला पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत रक्सौल घर बताउने ४० वर्षीया गीता हरिजन र ५५ वर्षीया खैरेनीया हरिजन रहेका छन्।
पोखरा महानगरपालिका–९ नयाँबजारमा तनहुँ ब्यास नगरपालिका–३ घर भएकी ६० वर्षीया महिला गाडीबाट झर्ने क्रममा सोही गाडीमा आएका उनीहरूले पीडित महिलाले
घाँटीमा लगाएको करिब १ तोलाको सुनको सिक्री लुटी भागेका थिए।
त्यही क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले सिक्रीसहित उनीहरूलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
201
Shares
प्रतिक्रिया