ad ad

समाज


चैत २६ को राशिफल : मिथुनलाई ठूला व्यक्तिले मेहनतको प्रशंसा गर्ने, तपाईंको कुन?

चैत २६ को राशिफल : मिथुनलाई ठूला व्यक्तिले मेहनतको प्रशंसा गर्ने, तपाईंको कुन?

पण्डित नारायणप्रसाद दुलाल
चैत २६, २०८० सोमबार ४:३८, काठमाडौँ

आज सोमबार, २६ चैत २०८० (८ अप्रिल २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : लाभहानी, सुखदुख बराबरी रहनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला। बोलीको विपरीत अर्थ लाग्न सक्नेछ। संयम रहनु होला।  

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ४२, व्यापारमा ५०, सेयरबजारमा ४१, वैदेशिक कार्यमा ७०, शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।  

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।

वृष : सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। रमणीय र सुखद् यात्राको योग छ। कुनै समाचारले मनमा शान्ति छाउनेछ। मित्र वा आफन्तको सहयोग मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ५२, सेयरबजार मा ७३, वैदेशिक कार्य मा ७४ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसीक भोजन नगर्ने।

मिथुन : ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन्। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। रोजगारको अवसर मिल्नेछ। परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६२, सेयरबजारमा ७३, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।  

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

कर्कट : धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन्। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ। प्रेम प्रसङ्गमा सफलता मिल्नेछ। अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग छ। वैदेशिक क्षेत्रको अधुरो काम पनि अघि बढ्नेछ। 

भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६०, सेयरबजारमा ७९, वैदेशिक कार्यमा ६४ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८७, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

सिंह : सरकारी निकायको भय रहला। झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ। आर्थिक क्षेत्रमा पनि सङ्कट आउन सक्छ। राजनैतिक कार्यमा बाधा आउनेछ तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ।

भाग्यशाली रङ रातो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४२, सेयरबजारमा ३०, वैदेशिक कार्यमा ४६ र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३४ र सम्पूर्ण भाग्याङ्क ४९ रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। अखाद्य वस्तुको सेवन नगर्ने।

कन्या : धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। कुनै समाचारले मनमा शान्ति छाउनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। मनोरञ्जनमा सहभागिता भइएला तर स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ।  

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६१ र सेयरबजारमा ७५, वैदेशिक कार्यमा ५५ र शिक्षामा ८३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्रामा ६४ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्रेमीको सल्लाह मान्ने। झुट नबोल्ने।

तुला : तीर्थाटनको योग छ। रोकिएका अधुरा पुराना कामहरू पूरा हुनेछन्। नयाँ व्यक्तिबीच सामीप्यता बढ्नेछ। मनोरञ्जनमा सहभागी भइएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ।

भाग्यशाली रङ आकाशे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६०, सेयरबजारमा ७८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

वृश्चिक : घरमा अतिथिको आगमन हुनेछ। कार्य सम्पादनमा केही सहजता मिल्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। डेकोरेसनको लगानीबाट लाभ मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६९, सेयरबजारमा ७८, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

धनु : मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ। प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ। नजिकका व्यक्ति टाढिन सक्छन्। अत: बोल्दा सावधानी अपनाउनु पर्नेछ। धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु होला।

भाग्यशाली रङ पर्पल र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ४०, सेयरबजारमा ३८, वैदेशिक कार्यमा ४६ र शिक्षामा ३४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ७४ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। आवेगमा लगानी नगर्ने।

मकर : आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६७, सेयरबजारमा ७२, वैदेशिक कार्यमा ५९ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीको दर्शन गर्ने। हरियो रङको प्रयोग नगर्ने।    

कुम्भ : अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग रहेको छ। विद्या र बुद्धिको विकास हुनेछ। नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ। तपाईंको लागि समग्रमा सकारात्मक दिन रहेको छ। परिवारसँग रमाइलो भेटघाट हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयरबजारमा ७२, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र  सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।  

मीन : लामो यात्रा सुखद् र सफल हुनेछ। प्राविधिक कार्यमा सफलता मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, सेयरबजारमा ७८, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .