समाज


नैनिताल जिप दुर्घटनाका मृतक सातैजना नेपाली श्रमिक बर्दियाका

नैनिताल जिप दुर्घटनाका मृतक सातैजना नेपाली श्रमिक बर्दियाका

गोकुल जोशी
चैत २७, २०८० मंगलबार १५:२९, कञ्चनपुर

भारतको उत्तराखण्डस्थित नैनितालमा सोमबार राति भएको जिप दुर्घटनामा ज्यान गुमाउने नेपाली बर्दिया जिल्लाका रहेको खुलेको छ।

भारतीय प्रहरीका अनुसार मृतक ७ जना नेपाली नागरिक बर्दिया जिल्लाका हुन्।

मृतकहरूको साथमा भेटिएको कागजपत्रबाट उनीहरू बर्दियाको बबईका रहेको दुर्घटनास्थलनजिक पर्ने बेतालघाट प्रहरी चौकीका प्रमुख अनिश अहमतले जानकारी दिए।

सोमबार राति नैनितालको मल्ला उचाकोटीमा जिप दुर्घटना भएको थियो।

दुर्घटनामा परेर ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा बर्दियाका विश्राम चौधरी, अन्तराम चौधरी, गोपाल बस्नेत, उदय चौधरी, विनोद चौधरी, तिलक चौधरी र धिरज चौधरी छन्।

यस्तै, जिप चालक नैनीताल बेतालघाटका राजेन्द्र कुमार (राजु) को पनि दुर्घटनामा मृत्यु भएको छ। 

दुर्घटनमा अन्य २ जना नेपाली घाइते भएका छन्। घाइतेद्वय शान्ति चौधरी र छोटुको  हल्द्ववानीमा उपचार भइरहेको छ।

नेपाली श्रमिकहरू सवार यूके ०४ सीसी ०४९५ नम्बरको बोलेर जिप उचाकोट बेतालघाटमा दुर्घटनामा परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .