ad ad

समाज


कन्याको प्रेमीसँग मिलन हुने, तपाईँको चाहिँ कस्तो रहला सम्बन्ध? हेर्नुस् वैशाख २२ को राशिफल

कन्याको प्रेमीसँग मिलन हुने, तपाईँको चाहिँ कस्तो रहला सम्बन्ध? हेर्नुस् वैशाख २२ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
बैशाख २२, २०८१ शनिबार ४:३८, काठमाडौँ

आज शनिबार, २२ वैशाख २०८१ (४ मे २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : कला र गलाको प्रभाव बढ्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। बन्दव्यापार भने कमजोर रहला।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ३६, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। निलो रङको प्रयोग नगर्ने।

वृष : शुभकार्यको चर्चा चल्नेछ। घरमा अतिथिको आगमन हुनेछ। परिवारमा सुख सन्तोष छाउनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। छुट्टिएका आफन्त वा साथीभाइसँग पुनर्मिलनको योग छ।

भाग्यशाली रङ कालो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, वैदेशिक कार्यमा ५० र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

मिथुन : आतिथ्यपूर्ण सम्मान पाइएला। शुभ समाचार सुन्न पाइनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। आहारविहारको भने ख्याल गर्नुहोला।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६४, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिँदा मनमा शान्ति छाउला। खैरो रङको प्रयोग अनुकूल छैन।

कर्कट : लाभ-हानि, सुख-दुःख बराबरी खालको दिन छ। ठूलो कारोबारमा लगानी नगर्दा बेस हुनेछ। स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी छ। सामान हराउने वा चोरी हुने भय पनि छ। अतिथिको रूपमा सत्कार पाइनेछ।

भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३७, व्यापारमा ४६, वैदेशिक कार्यमा ७३ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज मनमा असल भाव राखेर अघि बढ्नु राम्रो हुनेछ। तामसिक भोजन नगरेकै बेस।

सिंह : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्। प्रेम बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। सुखद र धार्मिक यात्राको योग छ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो भने प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६५, वैदेशिक कार्यमा ४५ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। झुट नबोल्नुहोला।

कन्या : धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। प्रेमीसँग मधुर मिलन हुनेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ।

भाग्यशाली रङ हरियो र अङ्क ५ हो भने प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

तुला : पुनर्मिलनको योग रहेको छ। प्रतीक्षा गरिएको काम पूरा हुनेछ। परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। दिनको उत्तरार्धमा भने आफूलाई कमजोर भएको अनुभूति हुनेछ। रिसराग नियन्त्रण गर्न जरूरी छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ५७, वैदेशिक कार्यमा ६८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। छलकपट नगर्ने।

वृश्चिक : आफ्नै हेलचेक्य्राइँले काममा उल्टो परिणाम आउन सक्छ। प्रेममा बाधाका साथै मन कमजोर रहला। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला, साँझमा नजिकको मित्रसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ पिंक हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३७, व्यापारमा ४०, वैदेशिक कार्यमा ५७ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ३५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज संकटाको सके दर्शन नसके स्मरण मात्र गरे पनि सुखद फल मिल्नेछ। दक्षिण दिशाको यात्रा शुभ छैन।

धनु : कला र गलाको प्रभाव बढ्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। वित्तीय संस्थाबाट सहयोग पाइनेछ। प्रबल इच्छाशक्तिले लक्ष्यमा पुग्न सहयोग गर्नेछ। साथीहरूले अनावश्यक रूपमा अलमल्याउन सक्छन्।

भाग्यशाली रङ रातो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ५४, वैदेशिक कार्यमा ६६ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शङ्करजीको दर्शन गर्नु राम्रो हुनेछ। हतारिएर गरेको कामले भने राम्रो प्रतिफल दिँदैन।

मकर : मित्रबाट विशेष सहयोग मिल्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। पदोन्नतिको सम्भावना प्रबल छ। अतिथिको रूपमा सत्कार पाइन सकिनेछ। कसै-कसैका लागि सन्तान प्राप्ति र सन्तानबाट प्रसन्नता छाउनेछ।

भाग्यशाली रङ सुन्तला र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४६, व्यापारमा ५९, वैदेशिक कार्यमा ४३ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। खैरो रङको प्रयोग नगर्ने।

कुम्भ : अरूलाई प्रभावित पारेर काम बन्नेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। टाढिएका मित्रसँग नजिकिने समय छ।

भाग्यशाली रङ कालो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ५८, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। पश्चिम दिशा नजाने।

मीन : अविश्वास उत्पन्न हुन सक्छ। परिवारमा झै-झमेलाको अवस्था आउला। महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला। अल्छी लागेमा धार्मिक या दार्शनिक पुस्तक पढ्दा राम्रो हुन्छ, त्यसले नयाँ विचार र विवेक बढेर जानेछ।

भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४७, वैदेशिक कार्यमा ७९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिएर कामको सुरुआत गर्दा अधिक सफलता मिल्नेछ। सजिलै अरूको विश्वास भने नगर्नु होला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .