ad ad

समाज


यूएईमा आफ्नै पतिले धकेल्दा भवनबाट खसेर अर्घाखाँचीकी राधाको मृत्यु

यूएईमा आफ्नै पतिले धकेल्दा भवनबाट खसेर अर्घाखाँचीकी राधाको मृत्यु

नेपालखबर
चैत २७, २०८० मंगलबार २१:४५, काठमाडौँ

संयुक्त अरब इमिरेट्स (यूएई) मा आफ्नै पतिले धकेल्दा भवनबाट खसेर एक नेपाली महिलाको मृत्यु भएको छ।  

कैलाली घर भएका नेत्रप्रसाद न्यौपानेले आपसी विवादका क्रममा यूएईको अजमानस्थित चाइना मलको भवनबाट धकेल्दा खसेर उनकी पत्नी अर्घाखाँचीकी राधा न्यौपानेको मृत्यु भएको हो। 

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका अनुसार घटना गत आइतबारको हो।

त्यस दिन दुवै जनाले मदिरा पिएको र विवादका क्रममा नेत्रले धकेल्दा राधा भवनबाट खसेको प्रत्यक्षदर्शीले बताएका छन्।  

भवनबाट खसेकी राधाको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो। 

घटनापछि राधाका पति नेत्र फरार छन्।  स्थानीय प्रहरीले उनको खोजी गरिरहेको छ। 

राधा नेत्रको दोस्रो पत्नी थिइन्। राधा यूएईमा ब्युटिपार्लरको काम गर्थिन् भने नेत्र एजेन्टको काम गर्थे।

दुवै जनासँग यूएईको रेसिडेन्ट कार्ड थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .