ad ad

समाज


चैत ३० को राशिफल: मेषको भाग्यशाली रङ पहेँलो, मकरको सेतो, तपाईंको कुन?

चैत ३० को राशिफल: मेषको भाग्यशाली रङ पहेँलो, मकरको सेतो, तपाईंको कुन?

पण्डित नारायणप्रसाद दुलाल
चैत ३०, २०८० शुक्रबार ४:५५, काठमाडौँ

आज शुक्रबार, ३० चैत २०८० (१२ अप्रिल २०२४)। हेर्नुस् आजको राशिफल 
मेष : नयाँ र शुभकार्यको चर्चा चल्नेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। प्राविधिक काममा बढी सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। लाभहानी, आयव्यय, सुखदुख बराबरी खालको समय रहनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ६५, सेयरबजारमा ७२, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।  

वृष : कतै घुम्न जाने योजना बन्न सक्छ। शुभकार्यको चर्चा चल्ने र आस्था बढ्नेछ। नयाँ कार्यको योजना बन्नेछ। धर्म र कर्ममा मन लाग्नेछ। विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ। शेयर बजारको लगानीबाट राम्रै लाभ मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयरबजारमा ७१, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

मिथुन : सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ। सानातिना समस्यामा अल्झनुपर्नेछ र मनमा चञ्चलता बढ्नेछ। स्वास्थ्यमा खर्च बढ्ने योग रहेको छ। शेयर बजार तथा व्यापार व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला।

भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३०, व्यापारमा ४२, सेयरबजारमा ३५,वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४३, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। हरियो रङको प्रयोग नगर्ने।

कर्कट : रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। स्थान परिवर्तनका विशेष योग देखिन्छन्। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ। पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका पनि छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६०, सेयरबजारमा ७५, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।  

सिंह : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ। शेयर बजारमा पनि रुचि बढ्नेछ। व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ, तर स्वास्थ्य प्रति भने सजग रहनु पर्छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापार ६०, सेयरबजारमा ७१, वैदेशिक कार्यमा ५२ र शिक्षा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

कन्या : धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ। रोकिएका घरायसी काममा उन्नति र प्रगतिको वातावरण बन्नेछ। कुनै समाचारले मनमा खुसियाली छाउला। श्रमको उचित मूल्याङ्कन पनि हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७, व्यापारमा ६०, सेयरबजारमा ७९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। सेतो रङको प्रयोग नगर्ने।  

तुला : सानातिना समस्यामा अल्झनुपर्नेछ र मनमा चञ्चलता बढ्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। आफूलाई अनुशासित र संयम बनाउनु पर्छ। अनावश्यक धन खर्च पनि हुनेछ, तर वैदेशिक कार्य अघि बढ्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ।
प्रेम र सम्बन्धमा ३३, व्यापारमा ४१,सेयरबजारमा ३५, वैदेशिक कार्यमा ४५ र शिक्षा ३० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४३,यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

वृश्चिक : रमाइलो यात्राको योग रहेको छ। समाजसेवामा मन लाग्नेछ। शुभ र नयाँ कार्यको चर्चा चल्नेछ। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। घरमा पाहुनाको आगमन हुने सम्भावना पनि छ।
भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ६६,सेयरबजारमा ७८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी  स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।  

धनु : बन्धु बान्धवबाट विशेष सहयोग र प्राविधिक काममा सफलता मिल्नेछ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। धार्मिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ। देशिक कार्य अघि बढ्नेछ। शुभकार्यको चर्चा पनि चल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६९, सेयरबजारमा ७७,वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसीक भोजन नगर्ने।

मकर : धार्मिक कार्यमा रुचि बढ्नेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। धन हात पार्न पनि सक्छ, तर खानपान र स्वास्थ्य प्रति सजग रहन आवश्यक छ।  

भाग्यशाली रङ सेतो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६२, सेयरबजारमा ७०, वैदेशिक कार्यमा ५० र शिक्षा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।

कुम्भ : अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ, तर वैदेशिक काम भने सफल रहनेछ। निर्णय कार्यान्वयन हुन नसक्ला। साथीभाइबाट धोका हुनसक्छ, सचेत हुनुपर्छ। आत्मबलमा कमी आउने र मनमा दुबिधा उत्पन्न हुनेछ।
भाग्यशाली रङ आकाशे र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ३२,व्यापारमा ४७, सेयरबजारमा ३५, वैदेशिक कार्यमा ४० र शिक्षामा ३० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२,यात्राको योग ३३ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन : समाजसेवामा मन लाग्नेछ। अवसर आउनाले मन प्रसन्न रहनेछ। नयाँ परिवारमा रमाइलो भेटघाट र जमघट हुनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। प्रेम जीवन सुखद् नै रहनेछ। नजिकको मित्रसँग भेटघाटले मन प्रसन्न हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६१, सेयरबजारमा ७०, वैदेशिक कार्यमा ५२ र शिक्षा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५,यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .