समाज


त्रिविको रेक्टरमा केसी र रजिस्ट्रारमा रिजाल नियुक्त

त्रिविको रेक्टरमा केसी र रजिस्ट्रारमा रिजाल नियुक्त

नेपालखबर
चैत ३०, २०८० शुक्रबार १७:५७, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयको रेक्टर पदमा प्राध्यापक खड्ग केसी र रजिस्ट्रार प्राध्यापक केदार रिजाल नियुक्त भएका छन्।

विश्वविद्यालयका कुलपतिका हैसियतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार उनीहरूलाई नियुक्त गरेका हुन्।

उपकुलपति प्राडा केशरजंग बरालले उनीहरूलाई चैत १५ गते नै सिफारिस गरेका थिए। बरालले स्वतन्त्र रूपमा टिम बनाउन नपाउने हो भने त्रिविमा काम गर्न नसकिने र सुधारको प्रयास पनि सफल नहुने भन्दै अडान लिएका थिए।

केसी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभाग र रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .