ad ad

समाज


धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ घाइते

धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ घाइते

नेपालखबर
बैशाख २, २०८१ आइतबार ११:२१, काठमाडौँ

धादिङको निलकण्ठमा मालवाहक ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ। 

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आइतबार बिहान नौ बजेतिर निलकण्ठ नगरपालिका–५ खाल्टेको पतेनीबाट बेँसीतर्फ जाँदै गरेको बा ३ ख ८९४७ नम्बरको ट्रक दुर्घटनामा परेको हो।

रासायनिक मल बोकेर पतेनी बेँसीतिर जाँदै गरेको ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएकाे छ।

दुर्घटनामा घाइते भएका ९ जनाको उद्धार गरेर अस्पताल लगिएको छ। दुर्घटनाकाे विस्तृत विवरणा आउँन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .