नेपाल पत्रकार महासंघले महासंघ काठमाडौं शाखाका सदस्य एवं आर्थिक दैनिकका संस्थापक सम्पादक प्रल्हाद रिजालमाथि सांघातिक आक्रमणको प्रयास भएको जनाएको छ।
महासंघले बुधबार विज्ञप्ति प्रकाशित गरी विजय माली भन्ने व्यक्तिले पत्रकार रिजाललाई आक्रमणको प्रयास गरेको बताएको छ।
वैशाख १८ गते मंगलबार पत्रकार रिजाललाई क्षेत्रपाटी चोकमा बाटो छेकेर निज मालीले धम्क्याउँदै आक्रमणको प्रयास गरेको महासंघ काठमाडौं शाखाले जनाएको छ।
‘जुनसुकै बहानामा भए पनि पत्रकारमाथि भएको यो हर्कत अत्यन्त निन्दनीय र प्रेसविरोधी छ’ महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महासंघ प्रेसविरोधी यो घटनामा संलग्नमाथि कानुनबमोजिम कारबाही गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिन सम्बन्धित निकायसँग माग गर्दछ।’
54
Shares
प्रतिक्रिया