ad ad

समाज


निर्मल पुर्जाले गरे ८ हजार मिटरमाथिका हिमालको ४४ औँ आरोहण

निर्मल पुर्जाले गरे ८ हजार मिटरमाथिका हिमालको ४४ औँ आरोहण

नेपालखबर
बैशाख ४, २०८१ मंगलबार १३:२४, काठमाडौँ

कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ले विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालको ४४ औँ आरोहण गरेका छन्।

यो संख्या अहिलेसम्मकै धेरै रहेको उनको दाबी छ।

नेपाली नयाँ वर्ष प्रवेशकै दिन ८ हजार मिटर अग्ला शिखरको ४४ औँ आरोहण गरेर एकै जनाले धेरैपटक अग्ला शिखर चढ्ने कीर्तिमान बनाएको उनको भनाइ छ।

१ वैशाख (शनिबार) बिहान १२.१५ बजे उनी ८ हजार ९१ मिटर उचाइको अन्नपूर्ण हिमालको चुचुरोमा पुगेका थिए।

अन्नपूर्णको सफल आरोहणपछि संक्षिप्त प्रतिकृया दिँदै पुर्जाले भने, ‘८ हजार मिटर अग्ला पर्वत आरोहणपिच्छे मेरो रेकर्ड थपिँदै जान्छ।’ 

निम्सदाइले ८ हजार मिटरभन्दा अग्ला १४ वटै शिखर पटकपटक आरोहण गरिसकेका छन्।

भिडिओमा हेर्नुहोस्ः

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .