ad ad

समाज


हराएको १३ वर्षपछि बाबु भेटेका विशालले पाए नागरिकता

हराएको १३ वर्षपछि बाबु भेटेका विशालले पाए नागरिकता

नेपालखबर
बैशाख ४, २०८१ मंगलबार १५:६, काठमाडौँ

१३ वर्षको विछोडपछि बुवासँग भेट भएका विशाल मगरले नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्।

खोटाङ जिल्ला प्रशासनबाट उनले नागरिकताको प्रमाणपत्र प्राप्त गरेका हुन्।

खोटाङको रावाबेसी गाउँपालिकाको खार्पा घर भएका विशाल १० वर्षको छँदा २०६९ सालमा काठमाडौँको नारायणस्थानबाट हराएका थिए।
केही समय सडक बालकको रूपमा रहेका उनलाई पछि गएर काठमाडौँका विमल पन्तले अभिभावकत्व प्रदान गरेका थिए।

गत चैत २३ गते सिंहदरबारबाहिर विशालले बुवा कुमार मगरलाई भेटेका थिए।

विशालको नागरिकता बनाउने क्रममा विमल पनि खोटाङ पुगेका थिए। आवश्यक कागजात जुटाएर एक हप्ताको प्रयासमा नागरिकता पाउन सम्भव भएको विमलको भनाइ छ।

विमलले फेसबुकमा लेखेका छन्, ‘१३ वर्षको विछाेड अनि पर्खाइ र एक हप्ताको कठिन मेहनतबाट विशाल मगरलाई नागरिकता दिलाउन सफल भएका छाैँ। खार्पा-२ का वडाध्यक्ष र सचिवज्यूलाई धेरैधेरै धन्यवाद।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .