ad ad

समाज


राशिफल ५ वैशाख : कर्कटलाई रोजगारीको अवसर, मिथुनको आउनेछ व्यक्तित्वमा निखार

राशिफल ५ वैशाख : कर्कटलाई रोजगारीको अवसर, मिथुनको आउनेछ व्यक्तित्वमा निखार

पण्डित नारायणप्रसाद दुलाल
बैशाख ५, २०८१ बुधबार ४:४२, काठमाडौँ

आज बुधबार, ५ वैशाख २०८१ (१७ अप्रिल २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। गरेका यात्रामा बिघ्नबाधा आइलाग्नेछ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धिमूलक नहोला।

भाग्यशाली रङ पहेँलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४६, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४३, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ३६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। कालो रङको प्रयोग अनुकूल छैन।

वृष : नयाँ काम सुरु गर्ने समय छ। लामो समयदेखि रोकिएका काम पनि सुचारु हुन सक्छन्। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ। राज्यबाट मान सम्मान पाइनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ४ हो भने प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६८, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिव भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। यात्रा फलदायी छैन। तसर्थ, भरिसक्के लामो यात्रा नगरेकै बेस।

मिथुन : प्रेम र मित्रताको बन्धन कसिने बेला छ। आँटेको र ताकेको कार्य पूरा होला। खानपिनको विविध परिकार खान पाइनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। विश्वासपात्र वा आफन्तले काममा साथ दिनेछन्।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ८०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिँदा पुण्य प्राप्त होला। उत्तर दिशाको यात्रा फलदायी छैन।

कर्कट : मनोरञ्जन क्षेत्रमा गरेको लगानी उपलब्धिमूलक हुनेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। सेवामूलक कार्यबाट सफलता मिल्नेछ। नयाँ रोजगारीको अवसर मिल्नेछ। सामाजिक तथा राजनीतिक कार्यमा रुचि बढ्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६४, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। छलकपटतिर चाहिँ नलाग्नु होला।

सिंह : नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ। आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँड्नाले समस्या आउन सक्छ। लेनदेनमा दुबिधा उत्पन्न हुनेछ। सवारी साधनसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३८, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३४ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिनाले पितृ खुसी हुनेछन्। झुट बोलेमा आफैँलाई हानि हुनेछ।

कन्या : साथीभाइसँग समय बित्नेछ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। सेयर बजारमा लगानीका लागि नयाँ योजना बन्नेछ। सानो कुरामा चित्त दुख्ने बानीले प्रेम जीवनमा अप्ठ्यारो पार्न सक्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शङ्करजीको दर्शन गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। कालो रङको प्रयोग अनुकूल छैन।

तुला : आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। घरपरिवारसँग रमाइलो तरिकाले समय बित्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ कालो र अङ्क ७ हो भने प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिँदा मनमा शान्ति होला। खैरो रङको प्रयोग उपयुक्त छैन।

वृश्चिक : कला र गलाको प्रभाव बढ्नेछ। आँटेको र ताकेको कार्य पूरा होला। शुभकार्य या धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। पारिवारिक जमघटमा सहभागिताको अवसर मिल्नेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६३, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाएमा सोचेअनुकूल काम बन्नेछ। छलकपटतिर चाहिँ नलाग्नु होला।

धनु : अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ। कार्यमा अवरोध आउला। पारिवारिक र नातागोताभित्रका सदस्यसँग राम्रो व्यवहार पुर्‍याउन नसक्नाले महत्वपूर्ण अवसर गुम्न सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४६, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४४ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुण खानु राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

मकर : लाभदायक यात्रा रहनेछ। दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। अचल सम्पत्ति हात पर्ने योग छ। स्वादिष्ट भोजनको आनन्द पाइएला।

भाग्यशाली रङ पर्पल र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। निलो रङको प्रयोग अनुकूल छैन।

कुम्भ : साथीभाइबाट फाइदा लिने समय छ। सामाजिक कार्यमा सफलता हात लाग्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। पुँजी बजारले पनि साथ दिनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गरेमा विघ्नबाधाबाट छुटकारा पाइनेछ। छलकपट चाहिँ नगर्नु होला।

मीन : काम गर्ने जोस, जाँगर र उमङ्ग बढ्नेछ। पुँजी बजारबाट राम्रै लाभ होला। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। लाभदायक यात्रा रहला।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्दा अध्ययन-अध्यायनमा रुचि बढ्नेछ। सजिलै अरूको विश्वास भने नगर्नु होला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .