समाज


राशिफल १८ वैशाख : सुन्दर पहिरनले मेषको व्यक्तित्वमा आउनेछ निखार, कन्याले महत्त्वाकांक्षी योजना गोप्य राख्नु बेस, तपाईँको के?

राशिफल १८ वैशाख : सुन्दर पहिरनले मेषको व्यक्तित्वमा आउनेछ निखार, कन्याले महत्त्वाकांक्षी योजना गोप्य राख्नु बेस, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
बैशाख १८, २०८१ मंगलबार ४:३७, काठमाडौँ

आज मङ्‌गलबार, १८ वैशाख २०८१ (३० अप्रिल २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : वाणीमा कुशलता आउने दिन परेको छ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६६, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ८० र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गरेर कामको शुभारम्भ गर्नु उत्तम हुनेछ। कालो रङको प्रयोग फलदायी छैन।

वृष : धेरै प्रयत्न गर्दा मात्र व्यावसायिक काम सम्पादन हुनेछन्। घरायसी वातावरणमा केही असामान्य देखिन सक्छ। विगतका समस्या बल्झिन सक्छन्। साँझमा बल्झेको समस्या समाधान हुनुका साथै भ्रमणको योजना बन्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४१, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७८ र शिक्षामा ३३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मिथुन : अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। व्यावसायिक क्षेत्रबाट लाभ हुनेछ। मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ। लामो यात्रा सुखद र सफल हुनेछ। प्रेमी/प्रेमिकाको साथ र सहयोग मिल्नेछ। पुँजी बजारले साथ दिनेछ।

भाग्यशाली रङ गुलाबी हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ७९ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

कर्कट : बलले भन्दा बुद्धिले निर्णय लिनु उचित हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। बेलुकीपख पारिवारिक जमघटमा मन रमाउनेछ कामबाट फुर्सद मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६६, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

सिंह : आफन्त वा इष्टमित्रमा कसैलाई सन्तान लाभ हुन सक्छ। कामको सन्दर्भमा आउने प्रतिस्पर्धीलाई किनारा लगाउँदै महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ। व्यावसायिक कामबाट सामान्य फाइदा हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ हो भने प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७६, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। निलो रङको प्रयोग उपयुक्त छैन।

कन्या : लाभ-हानि, आय-व्यय र सुख-दुःख बराबरी खालको दिन छ। मन खिन्न हुने स्थिति आउनेछ। नजिकका व्यक्तिबाट कार्यमा बाधा आइपर्ला। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ४५, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

तुला : जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। राजनीतिक र वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ६४, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ७२ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्नु राम्रो हुनेछ। दक्षिण दिशाको यात्रा फलदायी छैन।

वृश्चिक : नयाँ ज्ञान प्राप्त हुने योग छ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। घरमा अतिथिको आगमन हुनेछ। तर, कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षारोपण गर्ने। तामसिक भोजन नगर्ने।

धनु : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। आफन्तजन खुसी हुने समाचार दिन सकिन्छ। सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ भने पारिवारिक सुख प्राप्त हुनेछ। संस्कृति, कला तथा साहित्यमा रुचि बढ्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६८, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

मकर : आफ्नो विचार विपरीत निर्णय हुनेछ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। आफूले नजानेको काममा हात नहाल्नु नै हितकर हुनेछ। मध्य दिनपछि रोकिएका कामले पूर्णता पाउनेछन्।

भाग्यशाली रङ रातो र अङ्क ९ हो भने प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३८, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिनाले पितृ खुसी हुनेछन्। खैरो रङको प्रयोग अनुकूल छैन।

कुम्भ : रोकिएका काम पुनः सुरु हुन सक्छन्। आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग छ। प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला।

भाग्यशाली रङ हरियो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६८, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

मीन : नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ। प्राविधिक कार्यमा सफलता मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। गरेको कार्यमा सफलता मिल्नेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७६ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुण खाने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .