ad ad

समाज


गोरखापत्र र नेपाल टेलिभिजनका अध्यक्षलाई नहटाउन सर्वोच्चको आदेश

गोरखापत्र र नेपाल टेलिभिजनका अध्यक्षलाई नहटाउन सर्वोच्चको आदेश

नेपालखबर
बैशाख ४, २०८१ मंगलबार १७:३८, काठमाडौँ

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाहलाई स्पष्टीकरण सोधेर बर्खास्त गर्ने सरकारको तयारीमा रोक लगाउँदै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सारंगा सुवेदीको संयुक्त इजालसले सुवेदी र शाहलाई चार वर्षको पदावधि समाप्त नहुँदासम्म वा रिटको अन्तिम टुंगो नलाग्दासम्म पदबाट नहटाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

सत्ता गठबन्धन परिवर्तन हुनसाथ दुवैजनालाई हटाउने योजनाअनुसार स्पष्टीकरण सोधिएपछि सुवेदी र शाह दुवै जनाले सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .