ad ad

समाज


रहेनन् पूर्वमुख्यसचिव तीर्थमान शाक्य

रहेनन् पूर्वमुख्यसचिव तीर्थमान शाक्य

पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ


नेपालखबर
बैशाख ५, २०८१ बुधबार २१:२९, काठमाडौँ

पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ। नेपाल कानुन समाजका अध्यक्षसमेत रहेका शाक्यको क्यान्सरसम्बन्धी रोगको उपचारका क्रममा आज बिहान ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो। 

लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्य ८१ वर्षको थिए।

उनी डेढ महिनाअघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्केका थिए। नेपालको कानुनको मस्यौदा कार्यमा दख्खल प्राप्त गरेका उनी कानुन, न्याय  तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत भए।

पूर्वसचिव गोपीनाथ मैनालीका अनुसार लोकसेवा आयोगमा रहँदा उनको नेतृत्वमा पदपूर्ति प्रणालीमा सुधारका थुप्रै काम भएका थिए। स्व शाक्यका दुई छोरी र दुई छोरा छन् भने श्रीमतीको करिब तीन महिनाअघि मात्र निधन भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .