ad ad

समाज


बिहे गर्न बोलाएर लुटपाट, षड्यन्त्रमा बेहुली पनि संलग्न

बिहे गर्न बोलाएर लुटपाट, षड्यन्त्रमा बेहुली पनि संलग्न

लुटपाटमा संलग्नहरू प्रहरीको फन्दामा


नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार ११:४१, काठमाडौँ

भारतको उत्तर प्रदेशको देवरियामा विवाहका नाममा लुटपाट गरिएको एउटा अचम्मको घटना सार्वजनिक भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार यहाँ गाजियाबादका एक युवक र उनको परिवारलाई बिचौलियाले बोलाएर विवाहको नाटक गराई लुटेका हुन्। बिचौलियासँगको षड्यन्त्रमा दुलही पनि संलग्न थिइन्। 

दुलहा र उनको परिवारलाई धेरै किनमेल गर्न लगाइयो। त्यसपछि मन्दिरमा विवाह गराइयो। बेहुलीसहितको उनीहरूलाई बिदा पनि गरियो। अनि यसपछि बीच बाटोमा बेहुली लिएर जाँदै गरेको कारलाई ओभरटेक गरी पेस्तोल देखाएर लुटियो। 

प्रहरीका अनुसार मोदीनगर गाजियाबाद निवासी पिन्टु उर्फ ​​मुकेश त्यागी आफ्ना भाइ आकाशको विवाहका लागि लामो समयदेखि प्रयास गरिरहेका थिए। केही माध्यमबाट पिन्टु देवरिया सदर कोतवाली क्षेत्रको पर्सिया अहिर गाउँका गोविन्द गौरको सम्पर्क पुगे। पिन्टुलाई गोविन्दले बिहे गराइदिने वचन दिए।

पिन्टु त्यागीले गोविन्दसँग भाइको बिहेको कुरा गर्दा गोविन्दले केटी र खर्चको बारेमा भने। गोविन्दले पिन्टुलाई देवरिया आउन भने र बिहे यहीँ हुने बताए। यसपछि पिन्टु आफ्ना भाइ आकाश र अन्य दुई जनासँग अप्रिल १६ मा दिइएको ठेगानामा देवरिया पुगे।

उनीहरू सबैलाई देवरियाको रेलवे स्टेसननजिकैको मन्दिरमा बोलाइयो। जहाँ बिचौलिया गोविन्द आफ्ना अन्य साथीहरूसँग उभिरहेका थिए। त्यहाँ एउटी केटी पनि थिइन्। बेहुला पक्षलाई केटी देखाइयो। केटी मन पराएपछि बेहुला पक्षका मानिसलाई बिहेका सामान किनमेलका लागि बजार लगियो र फेरि  मन्दिरमा आएर बिहे गराइयो। 

गाजियाबादबाट आएका दुलहा र उनको परिवारसँगै दुलहीलाई बिदा गरियो। तर भरथुआ चोकनजिक पुग्दा गोविन्द गौर र उनका साथीले बेहुलाको गाडीलाई ओभरटेक गरी रोके। त्यसपछि दुलही र दुलहीलाई पेस्तोल र चक्कु देखाएर सबै सामान लुटियो। यसपछि दुलहा र दुलहीलाई उनीहरूकै गाडीमा राखेर गोविन्दको समूह भाग्यो।

मोबाइल लोकेसनका आधारमा पक्राउ
यस विषयमा पिन्टु त्यागीले प्रहरीमा जाहेरी दिए। यसपछि प्रहरीले मोबाइल लोकेसनका आधारमा आरोपितको खोजी सुरु गर्‍यो। यसै क्रममा प्रहरीले मुकेश त्यागीलाई कटारी चोकनजिकैबाट गिरफ्तार गर्‍यो। उनको साथबाट लुटिएको १४ हजार रुपैयाँ (भारु) बरामद भएको छ। साथै दुई पेस्तोल र दुई चक्कु बरामद पनि बरामद गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा गोविन्द गौर, रामप्रवेश राजभर, धनेशकुमार गौर र बब्लु मधेसिया छन्। उनीहरू सबै देवरियाका बासिन्दा हुन्।

प्रहरीले आरोपित गोविन्दलाई सोधपुछ गर्दा उनले विवाहको बहानामा लुटपाट गर्ने योजना बनाएको र त्यसमा युवती पनि संलग्न रहेको बताएका छन्। लुटपाटपछि केही टाढा सोनुघाट चोकमा युवतीलाई गाडीबाट उतारिएको थियो। बेहुलाका दाजुलाई बिहेमा दुई/तीन लाख रुपैयाँ खर्च हुने बताए पनि उनले केही रुपैयाँ मात्रै लिएर गएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .