समाज


गृहमन्त्री र जीबी राईबारे भ्रम फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ

गृहमन्त्री र जीबी राईबारे भ्रम फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ

नेपालखबर
बैशाख २०, २०८१ बिहिबार ९:२, काठमाडौँ

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र सहकारी ठगी प्रकरणमा फरार जीबी राईबारे सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोपमा डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ। 

गृहमन्त्री लामिछानले जीबी राईको हत्या गराइसकेको भनी भ्रम फैलाएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले खनाललाई पक्राउ गरेको हो।

मंगलबार पक्राउ परेका उनी अहिले परिसरको हिरासतमा छन्।

उनीविरुद्ध अनुसन्धानका लागि प्रहरीले अदालतबाट ३ दिनको म्याद थपिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .