नेपालको नम्बर १ आईभीएफ वात्सल्य नेचुरलले एक महिना १२९ दम्पतीलाई सन्तान सुख दिएको छ।
वात्सल्य नेचुरलले आईभीएफ र आइयुआइको माध्यमबाट सन्तान प्राप्तिको सेवा दिँदै आएको छ। यसैक्रममा वात्सल्य नेचुरलले पछिल्लो एक महिनामा १२९ दम्पतीलाई सन्तान सुख दिन सफल भएको एमब्रियोलोजी ल्याब डाइरेक्टर सुरेश यादवले जानकारी दिएका छन्।
वात्सल्य नेचुरलमा पछिल्लो तीन महिनामा आईभीएफको औसत सफलता ७०. ८८ प्रतिशत रहेको उनले बताए। जबकी विश्वव्यापी रुपमा आईभीएफको औसत सफलता ३० देखि ६० प्रतिशतको आसपास रहेको बताइन्छ।
पछिल्लो तीन महिनामा वात्सल्य नेचुरलले ३६८ जना दम्पतीलाई सन्तान सुख दिएको यादवले बताए।
यादवले लामो समयसम्म प्राकृतिक किसिमले सन्तान प्राप्त नभएमा एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी) को मध्यमबाट सन्तान प्राप्त गर्न सकिने र वात्सल्यले सोहि सेवा दिइरहेको बताए।
एआरटी टेक्नोलोजीलाई सामान्य भाषामा बुझ्दा प्रविधिको मध्यमबाट सन्तानप्राप्तिको बाटो सरल बनाउनु हो भनेर बुझ्न सकिन्छ। यस अन्तर्गत आइयुआई र आईभीएफ प्रविधि अपनाउन सकिन्छ।
आइयुआई अन्तर्गत महिलामा कुनै गडबडी नभएमा पुरुषको शुक्रकिटलाई वाश गरेर महिलाको गर्भनलीमा हालिन्छ र त्यो विस्तारै विकसित हुँदै जान्छ।
त्यस्तै आईभीएफमा पुरुष र महिलाबाट निकालिएको शुक्रकिट र डिम्बलाई राम्ररी छनोट र विकास गरी बाह्यरुपमा निषेचन गरिन्छ र त्यसलाई महिलाको पाठेघरमा स्थानान्तरण गरिन्छ। यसले गर्दा गर्भनली बन्द भएको वा कुनै प्रजनन् अङ्गमा समस्या भएको महिलाले पनि सन्तान पाउन सक्छन्।
वात्सल्य नेचुरलले अहिलेसम्म आइयुआई प्रविधिबाट २००० र आईभीएफ प्रविधिबाट ४००० दम्पतीलाई सन्तान सुख दिइसकेको यादवले बताए।
त्यसैगरी वात्सल्य नेचुरलले काठमाडौँसहित नेपालगन्ज, पोखरा, चितवन, विराटनगर र बुटवलमा पनि पूर्ण सुविधासहित सेवा विस्तार गर्न लागेको प्रबन्ध निर्देशक प्रशान्त सुबेदीले जानकारी दिएका छन्।
वात्सल्य नेचुरलले निसन्तान वा गर्भधारण सम्बन्धि कुनै पनि उपचार र सल्लाहसुझाव विशेषज्ञ चिकित्सकबाट उपलब्ध गराउदै आएको प्रबन्ध निर्देशक सुबेदीले बताए।
वात्सल्य नेचुरलले दिइरहेको सेवाबारे सुबेदीले भने- ‘वात्सल्यमा हामी हेरेक सेवाग्राहीको अवस्थालाई राम्ररी अध्ययन गर्छौं र त्यस अनुरुपकै उपचार गर्छौं। उनीहरुलाई सहज महसुस गराउने, मित्रवत व्यवहार गर्ने र आईभीएफको चक्रको पूर्ण अवस्थामा हरेक सल्लाह उपलब्ध गराउने काममा हामी पूर्णरुपमा सजग रहन्छौं त्यसैले हाम्रो सफलता दर पनि उच्च छ।’
Shares
प्रतिक्रिया