समाज


पशुपतिको जलहरी प्रकरणका सबै अभियुक्तले पाए सफाइ

पशुपतिको जलहरी प्रकरणका सबै अभियुक्तले पाए सफाइ

नेपालखबर
बैशाख १८, २०८१ मंगलबार १९:२९, काठमाडौँ

पशुपतिनाथ मन्दिरको गर्भगृहमा सुनको जलहरी राख्ने क्रममा भएको भनिएको भ्रष्टाचार प्रकरणमा सबै अभियुक्तले विशेष अदालतबाट सफाइ पाएका छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार सफाइ पाउने निर्णय गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १४ गते पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव डा. प्रदीप ढकाल र पूर्वकोषाध्यक्ष एवम् तत्कालीन सदस्यसचिव डा. मिलनकुमार थापासहित तीनजनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो।

अख्तियारले पशुपति क्षेत्र विकास कोषमा कार्यरत बिसेट नाइके (स्टोर किपर) अरुण कुमार श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको थियो।
जलहरी राख्ने क्रममा ढकाल र थापासमेतको निर्देशनमा गर्भगृहमा रिङ जडान गरेपछि बाँकी सुन राख्ने क्रममा बिनामुचुल्का अनधिकृतरूपमा प्रयोग गरेको बयान उनीहरूले नै दिएको अख्तियारले जनाएको छ। 

सुनको जलहरी निर्माणका क्रममा हानिनोक्सानी भएको १४ सय ९१.७१८ ग्राम सुनको नेपाल राष्ट्र बैंकसँग किनेको मूल्यमा पर्न आउने १ करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँ ८५ पैसा बराबरको सुन हिनामिना गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .