समाज


धादिङमा मध्यराति घरमा आगो लाग्दा दम्पतीको मृत्यु

धादिङमा मध्यराति घरमा आगो लाग्दा दम्पतीको मृत्यु

फाइल तस्बिर


नेपालखबर
बैशाख २०, २०८१ बिहिबार ९:५३, काठमाडौँ

धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ। 

गएराति स्थानीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा ७० वर्षीय लामा र उनकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए। घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ। 

‘राति करिब ११ः३० बजे घरमा आगो लागेको खबर पायौँ। हाप्सेचौर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली घटनास्थल पुग्दा उहाँहरूको मृत्यु भइसकेको थियो’, प्रहरी उपरीक्षक केसीले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .