समाज


ललितपुरको बाफलमा आगलागी हुँदा ५ जना घाइते

ललितपुरको बाफलमा आगलागी हुँदा ५ जना घाइते

नेपालखबर
बैशाख २३, २०८१ आइतबार ११:१८, काठमाडौँ

ललितपुर महानगरपालिका- १७ बाफलको एउटा टहरोमा आगलागी हुँदा ५ जना घाइते भएका छन्।

जलेको मोबिल संकलन गरेर राखिएको टहरोमा आगलागी हुँदा त्यहाँ रहेका ५ जना घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए। 

घाइते ५ जनालाई उपचारका लागि किस्ट अस्पताल लगिएको छ। 

एसपी सुवेदीका अनुसार अहिले ५ वटा दमकल र केमिकलकोसमेत सहयोगमा प्रहरी, नेपाली सेनासहितको टोलीले आगो निभ्याउने प्रयास गरिरहेको छ। घटनाकाे विस्तृत विवरण आउँन बाँकी छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .