समाज


कीर्तिपुर बस दुर्घटना : यी हुन् १२ घाइते

कीर्तिपुर बस दुर्घटना : यी हुन् १२ घाइते

नेपालखबर
बैशाख २३, २०८१ आइतबार २१:२, काठमाडौँ

कीर्तिपुरमा आइतबार बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ।

बा ३ ख २०२७ नम्बरको बस कीर्तिपुरस्थित आयुर्वेद अस्पतालबाट निस्केको स्कुटरलाई जोगाउने क्रममा अनियन्त्रित भइ सडकमा पल्टिएको थियो।

रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बस दुर्घटना हुँदा त्रिवि कृषि अध्ययन संस्थानका प्राध्यापक समेत रहेका डा. गोविन्द रिजालको मृत्यु भएको हो।

सो दुर्घटनामा परेर अन्य १२ जना घाइते भएको प्रहरीले जनाएको छ।

उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

घाइते हुनेमा बैतडी घर भएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा छन्।

थप घाइतेहरूको विवरण :
४) नामः सुस्मा खडका, वर्ष : २२, ठेगानाः जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका वडा न १ भई हाल कीर्तिपुर नगरपालिका पाँगा बस्ने, घाउ : पेट र ढाडमा चोट। अवस्था: सामान्य, बोल्न सक्ने।

५) नामः रमित थापा, वर्ष १८, ठेगानाः जिल्ला बर्दिया गेरुवा गाउँपालिका ३ भई हाल कीर्तिपुर नगरपालिका हनुमानघाट बस्ने, अवस्था: सामान्य, बोल्न सक्ने ।

६) नाम : किशोर थापा वर्ष : २०, ठेगाना : जिल्ला बर्दिया गेरुवा गाउँपालिका ३ भई हाल कीर्तिपुर नगरपालिका हनुमानघाट बस्ने, घाउ : दाहिने हात सामान्य। अवस्था: सामान्य, बोल्न सक्ने।

७) नाम : धुर्ब बुढाथोकी, वर्ष : ३५, ठेगाना : जिल्ला झापा दमक न पा ५ भई हाल कीर्तिपुर नगरपालिका, कार्की गाउँ बस्ने, घाउ : घाँटीमा सामान्य।

८) नाम : डम्मर खडका ( श्रीमान), वर्ष : २६, ठेगाना : जिल्ला डडेलधुरा पर्शुराम नगरपालिका १२ भई हाल कीर्तिपुर नगरपालिका, पाँगा बस्ने। घाउ : शरीरको बायाँ भाग।

९) नाम : चन्दा बोहरा (श्रीमती), वर्ष : २५, ठेगाना : जिल्ला डडेलधुरा पर्शुराम नगरपालिका १२ भई हाल कीर्तिपुर नगरपालिका, पाँगा बस्ने। घाउ : शरीरको बायाँ भाग, सामान्य।

१०) नाम : नवीना खडका, वर्ष : ५, ठेगाना : जिल्ला डडेलधुरा पर्शुराम नगरपालिका १२ भई हाल कीर्तिपुर नगरपालिका, पाँगा बस्ने, घाउ : बायाँ खुट्टा, अवस्थाः सामान्य।

११) नाम : गंगाराम भट्ट, वर्ष : २०, ठेगाना : जिल्ला डोटी, केआई सिंह गाउँपालिका ७ भई हाल कीर्तिपुर नगरपालिका, पाँगा बस्ने, घाउ : बायाँ हात।

१२) नामः नरेशराज न्यौपाने, वर्षः २५,  जिल्ला बाजुरा त्रिवेणी नगरपालिका २, हाल कीर्तिपुर नगरपालिका ८ पाँगा बस्ने, अवस्थाः सामान्य बोल्न सक्ने। ब्लुक्रस अस्पतालमा उपचाररत।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .