समाज


‘सिधाकुरा’विरुद्ध मुद्दाको सुनुवाइ आज पनि

‘सिधाकुरा’विरुद्ध मुद्दाको सुनुवाइ आज पनि

फाइल फाेटाे


नेपालखबर
बैशाख २४, २०८१ सोमबार ६:१८, काठमाडौँ

सर्वोच्च अदालतले सिधाकुरा डटकम अनलाइन र युट्युब च्यानलविरुद्धको अदालतको अवहेलना मुद्दा सोमबार (आज) पनि सुनुवाइ हुने भएको छ। 

न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौड्यालको संयुक्त इजलासमा आइतबार अडिओ उपलब्ध गराउने ललितपुर गोदावरीका राजकुमार तिमिल्सिनासँग बयान लिने क्रम नसकिएपछि सोमबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। तिमिल्सिनालाई प्रहरीको जिम्मा लगाइएको छ। 

अदालतले अनलाइनका कार्यकारी सम्पादक नवीन ढुङ्गाना र प्रकाशक युवराज कँडेलसँग बयान लिइसकेको छ। ढुंगाना र कँडेललाई पनि आज तारेखमा बोलाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अपरेसन’सँग जोडिएको मुद्दा हारजित गराउन न्यायाधीशसहित बैठक बसेको जनाउँदै सिधाकुरा डटकमले अडिओ सार्वजनिक गरेपछि सर्वोच्च अदालतले नै  कारबाही अघि बढाएको हो।

अनलाइनले प्रकाशन र प्रसारण गरेका सामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै यही वैशाख १६ गते सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन उठाएका थिए।

सोही आधारमा यही वैशाख १७ गते न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सो सामग्री २४ घण्टाभित्र हटाउन र बयानका लागि अदालतमा उपस्थित हुन आदेश गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .