समाज


सिरोहियाको नागरिकता छानबिन गर्नुको कारण खुलाउन गृहलाई सर्वोच्चको आदेश

सिरोहियाको नागरिकता छानबिन गर्नुको कारण खुलाउन गृहलाई सर्वोच्चको आदेश

नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १६:३३, काठमाडौँ

सर्वोच्च अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता छानबिन गर्नुको कारण देखाउन गृह मन्त्रालय र प्रहरीका नाममा आदेश गरेको छ।

यस्तै छानबिन रोक्नका लागि अन्तरिम आदेश जारी गर्ने विषयमा थप छलफलका लागि सर्वोच्चले दुवै पक्षलाई वैशाख २८ गते बोलाएको छ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले यो आदेश गरेको हो।

सिरोहियाले आफ्नो नागरिकता छानबिन प्रक्रिया रोक्न माग गर्दै सोमबार रिट दायर गरेका थिए।

आफूमाथि गृह प्रशासनले बदनियतसाथ छानबिन गर्न लागेको उनको आरोप थियो।

दोहोरो नागरिकता लिएको आशंकामा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले गत वैशाख १७ गते जिल्ला प्रशासन कार्यालय, धनुषाबाट विवरण माग गरेको थियो। 

सिरोहियाले विभिन्न निकायमा बुझाएका नागरिकता नम्बर फरक परेको र उनको नामको नागरिकता नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग मेल खाएको भन्दै धनुषा प्रहरीमा उजुरी परेको थियो।

सिरोहियाले भने आफ्नो नागरिकतामा कुनै कैफियत नरहेको, बदनाम गर्ने र दुःख दिने नियतले मात्र छानबिनको हल्ला चलाइएको भन्दै प्रतिवाद गर्दै आएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .