समाज


राशिफल २८ वैशाख : सबैभन्दा बढी भाग्याङ्‌क कर्कट र कम वृश्चिकको, तपाईँको कस्तो?

राशिफल २८ वैशाख : सबैभन्दा बढी भाग्याङ्‌क कर्कट र कम वृश्चिकको, तपाईँको कस्तो?

पण्डित नारायणप्रसाद दुलाल
बैशाख २८, २०८१ शुक्रबार ४:२७, काठमाडौँ

आज शुक्रबार, २८ वैशाख २०८१ (१० मे २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन्। रमणीय र सुखद यात्राको योग छ। गरेको कार्यबाट नपत्याउँदो सफलता र फाइदा हुनेछ। जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। प्रेम र मित्रताको सुखमा रमाउने समय छ।

मेष राशिको आजको भाग्यशाली रङ कालो र अङ्क ९ रहेको छ। यो राशि हुनेहरूको आज प्रेम र सम्बन्धमा ६२, व्यापारमा ७५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य ४१ प्रतिशत अनुकूल रहनेछ भने यात्राको योग ५५ प्रतिशत र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्दा सरस्वती प्रसन्न हुनेछिन्।  खैरो रङको प्रयोग गर्नु त्यति राम्रो देखिँदैन।

वृष : आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ। मन परेको मानिससँग टाढिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ। मध्य दिनपछि मनमा फूर्ति र उत्साह बढ्नेछ।

आज वृष राशिको भाग्यशाली रङ रातो रहेको छ भने भाग्यशाली अङ्क ४ हो। यो राशि हुनेहरूलाई आज प्रेम र सम्बन्धमा ४९, व्यापारमा ५१, वैदेशिक कार्यमा ८० र शिक्षामा ५३ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ४७ र यात्राको योग ७० प्रतिशत रहेको छ। यो राशिको आज सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। घरबाट निस्कँदा गुण खाएमा साइत पर्नेछ भने छलकपट गर्दा तारो आफैँप्रति सोझिनेछ।

मिथुन : चिताएको कामले तीव्रता लिनेछ। वैदेशिक कार्य सहजै सम्पादन हुनेछन्। कसै-कसैका लागि सन्तान प्राप्तिको समेत योग छ। पारिवारिक मनोरञ्जन हुने र सद्भाव बढ्नेछ।

मिथुन राशिको आजको भाग्यशाली रङ पहेँलो र भाग्यशाली अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ५५, वैदेशिक कार्यमा ७० र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

त्यसैगरी स्वास्थ्य अनुकूलता ४४ प्रतिशत र यात्राको योग ५४ प्रतिशत रहेको छ। यो राशिको आज सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत मात्रै रहेको छ। प्यासीलाई पानी दिनाले मनले चिताएको पूरा हुनेछ। सजिलै अरूको विश्वास चाहिँ नगर्नु होला, झुक्याउन सक्छन्।

कर्कट : सफल यात्रा र उपहार पाइने सम्भावना छ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। सञ्चारमाध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। आकस्मिक यात्राको अवसर आउन सक्छ।

भाग्यशाली रङ गुलाबी र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८५, व्यापारमा ७२, वैदेशिक कार्यमा ४८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीको दर्शन गर्नु राम्रो हुनेछ। खरानी रङ त्यति फलदायी छैन त्यसैले प्रयोग नगरेकै बेस।

सिंह : धार्मिक यात्राको योग छ। चिताएको कामले तीव्रता लिनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण  हुन सकिनेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।

भाग्यशाली रङ निलो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ७२, वैदेशिक कार्यमा ६५ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। लगानीको अवसर प्राप्त होला तर आवेगमा चाहिँ नगर्नु होला।

कन्या : उपकार गरेर अरूको मन जित्न सकिनेछ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। विद्वान्‌हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ।

भाग्यशाली रङ गुलाबी वा निलो रहेको छ भने भाग्यशाली अङ्क १ हो। त्यस्तै, प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६२, वैदेशिक कार्यमा ५९ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता र यात्राको योग ७५/७५ तथा सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। खैरो रङको प्रयोग उपयुक्त छैन, भरसक नगर्नु होला।

तुला : रमणीय, सुखद र धार्मिक यात्राको योग छ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। मान प्रतिष्ठामा वृद्धि हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ आकासे र भाग्यशाली अङ्क १ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। छलकपटतिर नलाग्नु होला।

वृश्चिक : स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी छ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ। निर्णायक क्षमतामा कमी आउनेछ। साँझमा पैसा खर्च हुने योग छ।

भाग्यशाली रङ गुलाबी र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४२, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ३५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीको दर्शन गरेर दिनको सुरुआत गर्नु राम्रो हुनेछ। खरानी रङको प्रयोग नगर्नु होला।

धनु : पुनर्मिलनको योग छ। जोस, जाँगर र उमंग बढ्ला। प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। घरमा अतिथिको आगमन हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ।

भाग्यशाली रङ निलो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६२, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। लगानीको अवसर आउनेछ तर आवेगमा लगानी नगर्नु होला।

मकर : सुखदुःख बराबरी खालको दिन छ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। खर्च नियन्त्रणभन्दा बाहिर हुन सक्छ। कूटनीतिक नियोगको सहयोग मिल्ला। भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। छलकपट नगर्ने।

कुम्भ : नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। जीवनसाथीको सल्लाहले कार्यमा सफलता मिल्नेछ। व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन्। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। तर, स्वास्थ्यप्रति सजग रहन आवश्यक छ।

भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४६, वैदेशिक कार्यमा ४४ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिएमा मनमा शान्ति मिल्नेछ। खैरो रङको प्रयोग अनुकूल छैन।

मीन : न्यायिक कार्यमा सफलता मिल्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। स्थान परिवर्तनका विशेष योग देखिन्छन्। पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ।

भाग्यशाली रङ कालो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुण खाने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .