ad ad

समाज


नवलपरासीमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग दुईतर्फी नै अवरुद्ध

नवलपरासीमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग दुईतर्फी नै अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
जेठ १५, २०८१ मंगलबार ८:१३, काठमाडौँ

पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ। 

सोमबार साँझदेखि परेको वर्षाका कारणका गएराति २ बजेको समयमा गैँडाकोट-९ थुम्सीको जंगलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो। 

जिल्ला प्रहरी कार्यालय नवलपरासी औबर्दघाट-सुस्तापूर्वओ का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले निर्माणाधीन  सडक भासिँदा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जानकारी दिए।  अवरुद्ध सडकमा ट्रक फसेकाले हटाउने काम भइरहेको उनले बताए। 

भासिएको सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु१ख ८५१३ नम्बरको यात्रुबाहक बसमा एक्कासी ब्रेक लगाउँदा त्यसमा सवार आठ यात्रु सामान्य घाइते भएका छन्। 

ब्रेक लगाउँदा बस हुत्तिएर अर्को बसमा ठोक्किँदा यात्रु घाइते भएका प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए। सडक एकतर्फी भए पनि खुलाउने प्रयास भइरहेको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .