ad ad

समाज


राशिफल १६ जेठ : कन्यालाई रोजगारी मिल्ने, मकरको नयाँ काम थालनी हुने, तपाईँको के?

राशिफल १६ जेठ : कन्यालाई रोजगारी मिल्ने, मकरको नयाँ काम थालनी हुने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
जेठ १६, २०८१ बुधबार ४:४०, काठमाडौँ

आज बुधबार, १६ जेठ २०८१ (२९ मे २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : चालिएका कदम निरर्थक हुन सक्छन्। अनावश्यक ठाउँमा धन खर्च हुनेछ। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। सामान हराउने वा चोरी हुने सम्भावना छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला।

भाग्यशाली रङ पर्पल र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६४, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क८०  प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष : धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। नोकरी गर्नेले मानसम्मान पाउनेछन्। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। घुमफिरमा आकर्षण बढ्नेछ। सामाजिक कार्य अघि बढ्नेछ। आत्मिक सन्तुष्टि प्राप्त हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६७, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५८  र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। कालो रङको प्रयोग नगर्ने।

मिथुन : रोकिएका काम पुनः सुरु हुन सक्छन्। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। प्रेमीसँग कुनै न कुनै माध्यमबाट भेटघाट हुनेछ। नयाँ कामको थालनी हुन सक्छ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला।

भाग्यशाली रङ कालो हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४६, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ६६ र शिक्षामा ३२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

कर्कट : चिताएको कामले तीव्रता लिनेछ। विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ। चलाखीपूर्ण बोलीले काम बन्ला। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग देखिन्छ।

भाग्यशाली रङ कालो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

सिंह : शुभ र नयाँ कार्यको योजना बन्नेछ। तैपनि मनमा दुबिधा भने उत्पन्न हुनेछ। समय व्यवस्थापन गर्न गाह्रो हुँदा कार्य सम्पादनमा समस्या आउला। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। सामान हराउने सम्भावना छ, सचेत रहनुहोला।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कन्या : स्वादिष्ट भोजनको अवसर मिल्नेछ। नयाँ कार्य वा रोजगारी पाइनेछ। पुरानो समस्या सुल्झिनेछ र रोकिएका काम पूरा हुनेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। झुट नबोल्ने।

तुला : कुनै कुराले मन निकै प्रसन्न हुनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। छोटो दूरीको लाभदायक यात्रा होला। प्रेमीबाट विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३७, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ३६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

वृश्चिक : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। मनमा भएको बोझ हट्नेछ। लामो समयदेखिको समस्या समाधान हुनाले अधुरा काम पुनः सुरु हुनेछन्। चिताएको कामले तीव्रता लिन सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क ६ हो भने प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६३, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

धनु : सुखदुःख बराबरी खालको समय छ। मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। प्रतिस्पर्धीसित सतर्क रहेको राम्रो हुन्छ। एउटै कामलाई दोहोर्‍याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ। मेहनतीहरूका लागि दिन फलदायी छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शङ्करजीको दर्शन गर्ने। अरूलाई सताउने काम नगर्ने।

मकर : अरूले सापटी लगेको रकम फिर्ता पाइन सक्छ। शुभकार्यको चर्चा चल्नेछ। नयाँ कामको थालनी हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। स्वास्थ्य सबल नै रहनेछ।

भाग्यशाली रङ रातो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। छलकपट नगर्ने।

कुम्भ : शुभकार्यको चर्चा चल्नेछ। शुभ चिन्तकले पूर्ण समर्थन गर्नेछन्। धर्म र आस्था बढ्नेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। स्वास्थ्यमा सुधार आउला।

भाग्यशाली रङ गुलाबी र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ४६, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४३ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। खैरो रङको प्रयोग नगर्ने।

मीन : नजिकको मित्रसँग भेटघाट हुनेछ। चलाखीपूर्ण बोलीको प्रभावले आँटेको काम सम्पन्न हुनेछ। लाभदायक यात्रा हुनेछ। मङ्गल कार्यको योग छ। भाग्यले विभिन्न अवसर जुराउनेछ।

भाग्यशाली रङ कालो हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज मनमा असल भाव राखेर अघि बढ्दा जटिल ठानिएको काम पनि सहजै सम्पन्न हुनेछ। हरियो रङको प्रयोग फाप्ने देखिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .