नक्कली चेक दिएर ठगी गरेको आरोेपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका–१० सामाखुसी बस्ने वर्ष ४८ को अनुप कुमार सिंह रहेका छन्।
रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका–१२ घर भई हाल काठमाडौं गोंगबु बस्ने अनिल पुन मगरको जाहेरीले ठगी सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट गत २०८० वैशाख ९ गते प्रहरीले पक्राउ अनुमति लिएको थियो।
फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर,काठमाडौंबाट खटि गएको प्रहरी टोलीले टेकुमा फेला पारी पक्राउ गरहेको हो।
उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
165
Shares
प्रतिक्रिया