ad ad

समाज


सुर्खेतमा जिप दुर्घटना: मृतक ४ मध्ये एउटा शव रुखमा अड्किएको अवस्थामा भेटियो

जिप चालक र एक यात्रुको अवस्था गम्भीर
सुर्खेतमा जिप दुर्घटना: मृतक ४ मध्ये एउटा शव रुखमा अड्किएको अवस्थामा भेटियो

घटनास्थल


दिनेश बुढा
जेठ १७, २०८१ बिहिबार ८:११, सुर्खेत

सुर्खेतमा जिप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ। 

आज बिहान करिव पौने चार बजेको समयमा सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जिप सुर्खेतदैलेख सडक खण्ड अन्तर्गत वीरेन्द्रनगर-१४ स्थित रातानाङलामा दुर्घटना भएको हो।

भे १ च २५६० नम्बरको जिपमा ६ जना सवार थिए। त्यसमध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृतक कसैको पनि परिचय खुलेको छैन। एउटा शव रुखमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी जिप  चालक र एक यात्रु गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्रवी विश्वकर्माले जानकारी दिए। 

‘जिप सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ,’ उनले भने, ‘दुर्घटनाको कारण खुल्न सकेको छैन। हामी थप अनुसन्धनकै क्रममा छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .