ad ad

समाज


राशिफल १८ जेठ : मिथुनलाई धनलाभ, सिंहले रिस नियन्त्रण गर्न जरुरी, तपाईँको के?

राशिफल १८ जेठ : मिथुनलाई धनलाभ, सिंहले रिस नियन्त्रण गर्न जरुरी, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
जेठ १८, २०८१ शुक्रबार ४:३४, काठमाडौँ

आज शुक्रबार, १८जेठ २०८१ (३१ मे २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : शुभकार्यको चर्चा चल्नेछ। प्रबल इच्छाशक्तिले लक्ष्यमा पुग्न सहजता मिल्नेछ। तर, साथीहरूले अनावश्यक रूपमा अलमल्याउन सक्छन्। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ७ हो भने प्रेम र सम्बन्धमा ५०, व्यापारमा ३६, वैदेशिक कार्यमा ५७ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। निलो रङको प्रयोग नगर्ने।

वृष : स्वादिष्ट भोजन पाइनेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक यात्राको योग छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। आर्थिक र व्यावसायिक समस्या समाधान हुनेछन्।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, वैदेशिक कार्यमा ५० र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

मिथुन : अतिथिको रूपमा सत्कार पाइएला। विशिष्ट व्यक्तिको साथ पाइनेछ। घरपरिवारका सदस्यबाट सहयोग पाइनेछ। नसोचेको ठाउँबाट धन हात पर्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

कर्कट : नयाँ योजना बनाएर मात्र काम गर्नु होला। सङ्गतिले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनु पर्छ। अल्छी लागेमा धार्मिक या दार्शनिक पुस्तक पढ्दा राम्रो हुन्छ।

भाग्यशाली रङ कालो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ३७, व्यापारमा ४५, वैदेशिक कार्यमा ७५ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ४२ र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। तामसिक भोजन नगर्ने।

सिंह : लगनशीलताले काम अगाडि बढ्नेछ। प्रतीक्षा गरिएको काम पूरा हुनेछ। नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन्। रिसराग नियन्त्रण गर्न जरुरी छ। अतिथिको रूपमा सत्कार पाइनेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ७०, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कन्या : बन्धुबान्धवबाट सहयोग मिल्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ। लाभहानि, सुखदुःख बराबरी खालको दिन छ।

भाग्यशाली रङ निलो हो भने अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ६६, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज मनमा असल भाव राख्ने। सजिलै अरूको विश्वास नगर्ने।

तुला : परिवारमा सुख सन्तोष छाउनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। रमणीय र सुखद यात्राको योग छ।। टाढिएका मित्रसँग नजिकिने समय छ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६०, वैदेशिक कार्यमा ५० र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। छलकपट नगर्ने।

वृश्चिक : मन खिन्न हुने स्थिति आउन सक्छ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। साँझमा नजिकको मित्रसँग भेटघाट हुनेछ। सरकारी निकायको भय रहला।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ३७, व्यापारमा ४०, वैदेशिक कार्यमा ५७ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ३५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरेर कामको थालनी गर्ने। उत्तर दिशाको यात्रा नगर्ने।

धनु : न्यायिक कार्यमा सफलता मिल्नेछ। रोकिएका काम पूरा हुनेछन्। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शङ्करजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क २ हो। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ५५, वैदेशिक कार्यमा ४५ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। हरियो रङको प्रयोग नगर्ने।

कुम्भ : आफन्तको सहयोग प्राप्त हुनेछ। आँटेको र ताकेको कार्य पूरा होला। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

भाग्यशाली रङ कालो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ६५, वैदेशिक कार्यमा ७८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। अरूको कुभलो नसोच्ने।

मीन : पढाइमा बाधा आउनेछ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। स्वास्थ्यप्रति सजग रहन जरूरी देखिन्छ। यात्रामा मालसामान हराउन सक्छ। लगनशीलताले काम अगाडि बढ्नेछ।

भाग्यशाली रङ हरियो हो भने अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, वैदेशिक कार्यमा ५५ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .