ad ad

समाज


सिंहको प्रेममा मनमुटाव, मीनलाई मान प्रतिष्ठामा वृद्धि, तपाईँको के? : जेठ १९ को राशिफल

सिंहको प्रेममा मनमुटाव, मीनलाई मान प्रतिष्ठामा वृद्धि, तपाईँको के? : जेठ १९ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
जेठ १९, २०८१ शनिबार ४:३७, काठमाडौँ

आज शनिबार, १९ जेठ २०८१ (१ जुन २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : मनमा निराशा र शरीरमा आलस्य आउला। दोधारको अवस्था सिर्जना हुन सक्छ। विचार पुर्‍याएर निर्णय लिनु राम्रो हुन्छ। यात्रामा बाधा आउन सक्छ। स्वास्थ्य तथा सौन्दर्यमा धन खर्च हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४९, वैदेशिक कार्यमा ७० र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

वृष : दिन हाँसखेल र मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। अतिथिको रूपमा सत्कार पाइएला। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ५६, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मिथुन : चिन्ता हटेर मन हलुका हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। लामो समयदेखि रोकिएका काम अघि बढ्नेछन्। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

कर्कट : शुभकार्यको चर्चा चल्नेछ। स्वादिष्ट भोजन पाइनेछ। धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ। प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ। कूटनीतिक नियोगको सहयोग मिल्ला।

भाग्यशाली रङ सेतो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ५९, वैदेशिक कार्यमा ६८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षारोपण गर्ने। खैरो रङको प्रयोग नगर्ने।

सिंह : जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। दबाब र तनाव बढेको महसुस हुनेछ। प्रेममा मनमुटावका साथै मन कमजोर रहला। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। साँझमा आफन्तको साथ र सहयोग मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ३७, व्यापारमा ४५, वैदेशिक कार्यमा ४७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता २६, यात्राको योग ३२ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। भरिसक्के लामो यात्रा नगर्ने।

कन्या : लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६८, व्यापारमा पनि ६८, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

तुला : हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। आफन्तको प्रगतिमा मन रमाउला।

भाग्यशाली रङ हरियो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। छलकपट नगर्ने।

वृश्चिक : रमाइलो र अविष्मरणीय यात्राको सम्भावना छ। डर हराएर जानेछ। पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६४, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। अरूको कुभलो नचिताउने।

धनु : खानामा गडबडी, असुविधा तथा कुनै व्यक्तिसँग विवाद पर्ने देखिन्छ। गरेको काममा लाभ कम, हानि नोक्सानी बढी हुन सक्नेछ। यात्रामा मालसामान हराउन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला।

भाग्यशाली रङ खैरो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शिवजीको दर्शन गर्ने। निलो रङको प्रयोग नगर्ने।

मकर : चिताएको कामले तीव्रता लिनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। अतिथिको रूपमा सत्कार पाइएला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ : रोकिएका काम पुनः सुरु हुन सक्छन्। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। सुखद यात्राका अवसर प्राप्त हुनेछन्। दिनको उत्तरार्ध अधिक सुखद रहनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो भने प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६७, वैदेशिक कार्यमा ७९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

मीन : परिवारजनको साथले नयाँ आशा पलाउनेछ। कुनै न कुनै कुराले मनमा शान्ति र प्रसन्नता छाउनेछ। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। मान प्रतिष्ठामा वृद्धि होला।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .