बिग्रेको मोबाइल मर्मत गर्न दिएको वर्कसपबाट अश्लील तस्बिर पठाएको आरोपमा कैलालीमा वर्कसप सञ्चालक र एक किशोर पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ त्रिनगर माविको कम्पलेक्सस्थित आशिष मोबाइल ग्यालरीका सञ्चालक वर्ष ४१ को शल्ताज आलम र १४ वर्षीय एक किशोर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जेठ २३ गते बेन्को एस१ कम्पनीको एनड्रोइड मोबाइल सामान्य स्पिकरमा समस्या भइ बनाउनका लागि उक्त आशिष मोबाइल ग्यालरीमा छोडिएको थियो।
ग्यालरी सञ्चालक शल्ताज आलमले मोबाइल छोडेर जानुहोस् बनाइदिन्छु दुई तीन दिन लाग्छ भने पश्चात मोबाइल धनीले छोडेर गएको र निज ग्यालरी संचालकले भनेको समय र मितिमा मोबाइल धनी गई आफ्नो मोबाइल लिएर घर गएका थिए।
त्यसपछि मोबाइल धनीले आफ्नो फेसबुक आईडी चलाउन खोज्दा उक्त आईडीमा एमडी धोनीको नामबाट हेल्लो दिदी भनि च्याट गरी सकेपश्चात च्याट गरेको करिब आधा घण्टापछि मोबाइल धनीले कुनै जवाफ नफर्काएपछि जेठ २५ गते राति ८ः३० बजे मोबाइल धनीको बहिनीको मुखाकृति जोडी अश्लिल भिडियो र फोटो बनाइ मोबाइल धनीको फेसबुक मेसेन्जरमा पठाएका थिए।
त्यसपछि मोबाइल धनीको फेसबुक आईडी अन्यायी आफैंले चलाई विभिन्न अश्लिल साइटहरू सर्च गरी आईडी चलाएको र उक्त आईडीमा विभिन्न किसिमका अश्लील फोटोहरू राखि मोबाइल धनीको जीवनमा बेइज्जत हुने कार्य गरेको प्रहरीले जनाएको छ।
सो कार्यमा संलग्न ग्यालरी सञ्चालक शल्ताज आलम र अन्यायी वर्ष १४ को परिवर्तित नाम ७१ धनगढी १०८ लाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य भइरहेको छ।
Shares
प्रतिक्रिया