ad ad

समाज


पाल्पाबाट बुटवल जाँदै गरेको कार भिरबाट खस्यो, ३ जनाको मृत्यु, २ घाइते

पाल्पाबाट बुटवल जाँदै गरेको कार भिरबाट खस्यो, ३ जनाको मृत्यु, २ घाइते

फाइल तस्बिर


नेपालखबर
जेठ ३१, २०८१ बिहिबार ६:४४, काठमाडौँ

रुपन्देहीको बुटवलमा कार सडकबाट खस्दा तीन जनाको मृत्यु भएको छ। 

गएराति साढे आठ बजे बुटवल-१३ नुवाकोटगढी भ्युटावर नजिकै कार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिए। 

‘दुर्घटनामा स्याङ्जाको पुलतीबजार घर भइ बुटवल- १० बस्ने कार चालक करिब ४६ वर्षीय रामप्रसाद शर्मा, रुपन्देहीको तिलोत्तमा नगरपालिका- ३ बस्ने ५७ वर्षीय आशका श्रेष्ठ, तिलोत्तमा- ३ कै ५० वर्षकी भगवती श्रेष्ठको मृत्यु भएको हो,’ डीएसपी श्रेष्ठले केहीबेरअघि नेपालखबरसँग भने, ‘दुर्घटनामा बुटवल- ९ मिलनचोक घर भएका ५६ वर्षीया चन्दा श्रेष्ठ र बुटवल- ११ कि ४६ वर्षीया लक्ष्मीता श्रेष्ठ घाइते भएका छन्।’

घाइतेद्वयको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। उनीहरु खतरामुक्त छन्। 

भ्युटावर क्षेत्र घुमेर बुटवल फर्कँदै गरेको लु २ च ८५३१ नम्बरको कार ओरालो सडकबाट भिरहुँदै करिब एकसय मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .