ad ad

समाज


३ करोड जनसंख्या भएको देशमा २ हजार डाक्टरको दरबन्दीले स्वास्थ्य क्षेत्र सुधार हुन सक्दैन : सांसद केसी

३ करोड जनसंख्या भएको देशमा २ हजार डाक्टरको दरबन्दीले स्वास्थ्य क्षेत्र सुधार हुन सक्दैन : सांसद केसी

फाइल फोटो


नेपालखबर
जेठ ३१, २०८१ बिहिबार १५:३५, काठमाडौँ

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कम्तिमा १० प्रतिशत बजेटको व्यवस्था हुनुपर्नेमा ४.६४ प्रतिशत अत्यन्त न्युन भएको बताएका छन्।

बिहीवार प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उनले सो कुरा बताएका हुन्।

उनले २०५५ सालदेखि २०८० सालसम्म २५ वर्षमा सरकारी स्वास्थ्य संस्थाहरु करिव ८ हजार रहेको बताए। नेपालमा जनसंख्या वृद्धि,स्वास्थ्य संस्थाहरुको वृद्धि भयो तर स्वास्थ्य क्षेत्रका जनशक्तिको दरबन्दी अहिलेसम्म वृद्धि नभएको उनको भनाई थियो।

उनले विभिन्न समयमा सरकारहरुले एकै दिन ७५३ स्थानमा १५ शय्याका अस्पताल उद्घाटन भएपनि जनशक्ति परिचालनको अवस्था चिन्ताजनक रहेको बताए।

केसीले भौतिक संरचना र उपकरणको बारेमा पनि सरकारले सोच्न आवश्यक रहेकोतर्फ ध्यानाकर्षण गराए।

उनले ३ करोड जनसंख्या भएको देशमा २ हजार भन्दा बढी डाक्टर नभएको भन्दै सरकारले स्वास्थ्य जनशक्तिको न्युनता र अभावलाई तत्काल पूर्ति गर्न आवश्यक रहेको बताए।

हरेक गाउँ–गाउँमा स्वास्थ्यकर्मी पुर्‍याउन आवश्यक रहेको भन्दै दूरदराजमा स्वास्थ्य संस्था भएपनि जनशक्ति र सिटामोल नभएको उनको भनाई छ।

‘स्वास्थ्य मन्त्रालयमा कम्तिमा पनि १० प्रतिशत बजेट हुनुपर्छ भन्ने हो। तर ४.६४ प्रतिशत जुन बजेट राखिएको छ। अत्यन्त न्युन हो। भूतपूर्व स्वास्थ्यमन्त्री भएकाले दुःख व्यक्त गर्छु’ उनले भने, ‘३ करोड जनसख्या भएको देशमा २ हजार भन्दा बढी डाक्टर छैनन्। स्वास्थ्य जनशक्तिको न्युनता र अभावलाई तत्काल पूर्ति गर्न आवश्यक छ।’

उनले मुलुकको स्वास्थ्य अवस्थाको परिवेशबाट देशलाई उन्मुति दिनेगरी स्वास्थ्य क्षेत्रलाई प्रभावकारी परिचालन आवश्यक रहेको बताए।

काम गर्ने जोसका साथ स्वास्थ्य मन्त्री युवा आएपनि अहिलेको स्रोत साधन र जनशक्तिले काम गर्न खोजे पनि सम्भव नभएको उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .