ad ad

राजनीति


पदाधिकारी चयन नै नगरी सकियो जसपा नेपालको पहिलो महाधिवेशन

पदाधिकारी चयन नै नगरी सकियो जसपा नेपालको पहिलो महाधिवेशन

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार १५:४०, काठमाडौँ

जनता समाजवादी पार्टी नेपालको पहिलो महाधिवेशन पदाधिकारी नै चयन नगरी सकिएको छ। 

पदाधिकारी चयन प्रक्रिया चुनावबाट नगरी सहमतीय आधारमा गर्ने भएको थियो। यसअघि बिहीबार मध्यान्हका लागि चुनाव गर्ने कार्यतालिका तय भएको भएपनि अन्तिममा पदाधिकारी चयन नभइ महाधिवेशन सकिएको हो।

बुधबार १९ पदाधिकारीका लागि ७५ जनाको उम्मेदवारी मनोनयन समेत भएको थियो। 

जसपा नेपालको ११३५ प्रतिनिधि सहभागी छन्।

अध्यक्ष उपेन्द्र यादवले चुनावी प्रक्रिया स्थगित गरेर सहमतीय आधारमा नेतृत्व चयन गर्नेगरी महाधिवेशन सकिएको घोषणा गरेका हुन्। 

अन्य कसैको उम्मेदवारी नपरेपछि उनी बुधबार नै जसपा नेपालको अध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन्। तर, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षमा तीव्र प्रतिस्पर्धा देखिएको थियो।

भोटिङ गर्ने प्रक्रियामा नगएर सहमतिबाट निर्णय गर्ने निर्णय भएपछि अहिले उपेन्द्रले आफूसहितको टीम बनाइरहेका छन्।

त्यसले १९ पदाधिकारीसहित २०१ केन्द्रीय सदस्य चयन गर्न सहमती जुटाउनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .