ad ad

समाज


प्रत्येक वर्ष लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै, अधिकांश १५ देखि २४ वर्ष उमेर समूहका

प्रत्येक वर्ष लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै, अधिकांश १५ देखि २४ वर्ष उमेर समूहका

फाइल फोटो


नेपालखबर
असार ५, २०८१ बुधबार १६:३, काठमाडौँ

नेपालमा प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ।

बुधवार काठमाडौंमा लागुऔषध दुव्र्यसनी, कानूनी कारबाही र हालको व्यवहारबारे पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा रिकभरिङ नेपालले सो जानकारी गराएको हो।

रिकभरिङ नेपाल लागुऔषध प्रयोगकर्ताहरु र लागुऔषधको क्षेत्रमा कार्यरत संघ संस्थाहरुको राष्ट्रिय स्तरको महासंघको अन्तरक्रिया कार्यक्रममा गृह मन्त्रालयको प्रतिवेदनलाई आधार मानेर प्रस्तुती दिइएको थियो।

गृह मन्त्रालयको प्रतिवेदनअनुसार २०७६ मा देशभर अनुमानित १ लाख ३० हजार ४ सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेका थिए। कुल लागुऔषध प्रयोगकर्तामध्ये ७ प्रतिशत महिला प्रयोगकर्ता पाइएको बताइएको छ।

प्रयोगकर्ताहरुमध्ये पनि ६९ प्रीतशत अर्थात ९० हजार भन्दा बढी प्रयोगकर्ताहरु सुईद्वारा लागुऔषध प्रयोग गरेको पाइएको तथ्यांक छ। सर्वेक्षणले नेपालमा लागुऔषध प्रयोगकर्ताहरुको संख्या २०६३ सालको पहिलो सर्वेक्षणको तुलनामा तीन गुणाले बढेको र देखाएको छ।

लागुऔषध प्रयोग कर्ताहरु दिन प्रतिदित बढ्दै जानुले नेपाली समाजमा थप चिन्ता पैदा गरेको रिकभरिङ नेपालका कार्यक्रम व्यवस्थापक राजु जोशीले बताए उनले लागुऔषधको प्रयोगकर्ता, व्यापारी वा क्राइमलाई एकै ठाउँमा राखेर नहेर्न सुझाव दिए।

उनले कुनैपनि लागुपदार्थ प्रयोगकर्ताले जीवनभर खान्छु र क्राइम गर्दछु भनेर सेवन नगर्ने भन्दै सामाजिक, मनोसामाजिक परिस्थितिबाट सेवन गर्ने गरेको बताए। उनले एउटा लागुऔषध प्रयोग कर्ताले आफ्नो जीवन कसरी त्यहाँसम्म पुर्‍यायो भन्ने हिसावले सरकारले सोच्न जरुरी रहेको बताए।

उनले भने, ‘लागुऔषधको प्रयोगकर्ता, व्यापारी वा क्राइमलाई एकै ठाउँमा राखेर हेरिन्छ। कुनैपनि लागुपदार्थ प्रयोगकर्ता साथीहरुले जीवनभर खान्छु, म क्राइम गर्छु, म हार्म गर्छु भनेर कसैले प्रयोग गर्दैन। केही सर्टेन अवस्था हुन्छ, विभिन्न सामाजिक, घरको वातावरण, आफ्नो मनोसामाजिक चिन्ता विविध पक्ष छन्। एउटा लागुऔषध प्रयोग कर्ताले आफ्नो जीवन कसरी त्यहाँसम्म पुर्‍यायो भनेर राज्यले कहिल्यै सोचेन।’

उनले नेपालमा अधिकांश (७५ प्रतिशत भन्दा बढी) प्रयोगकर्ताहरु १५ देखि २४ वर्ष उमेर समूहका रहेको बताए। उनीहरूलाई फौजदारी मुद्दा वा दण्डको सट्टा तथ्यमा आधारित उपचार सेवाहरुको पहुँच प्रदान गर्न आवश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .