ad ad

समाज


पौडी खेल्ने क्रममा डुबेर बेपत्ता युवकको शव फेला

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता युवकको शव फेला

फाइल फोटो


नेपालखबर
असार ९, २०८१ आइतबार २१:१६, काठमाडौँ

चितवन जिल्लाको भरतपुर महानगरपालिका–१३ बाटुली खोलास्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीले फेला पारेको छ।

बाग्लुङ जिल्लाको काठखोला गाउँपालिका–३ भन्जादेउराली घर भई भरतपुर महानगरपालिका–८ बस्ने २७ वर्षीय सुजन घर्ती पौडी खेल्ने क्रममा आइतबार  दिउँसो ३ः०० बजे पोखरीमा डुबेका थिए।

जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं। १७ गण चितवनबाट खटिएको विपद् व्यवस्थापनसहितको फौजले उनको शव पोखरीबाट बाहिर निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .