ad ad

समाज


जङ्गली च्याउ खाँदा बिरामी थप एकको मृत्यु

जङ्गली च्याउ खाँदा बिरामी थप एकको मृत्यु

सांकेतिक तस्बिर


नेपालखबर
असार १०, २०८१ सोमबार २१:४९, दमौली (तनहुँ)

तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्क निवासी ५८ वर्षीया पम्फी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

च्याउ खाँदा बिरामी भएको उनको आइतबार उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। यसअघि शुक्रबारमात्रै ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको थियो।

गत असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जङ्गलबाट ल्याएको च्याउ खाँदा पाँच जना बिरामी भएका थिए। त्यसमध्ये ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ र ५४ वर्षीय डिलबहादुर गुरुङको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .