ad ad

समाज


केनी पाण्डेको ‘पेम्बाको स्वर्ग’ सार्वजनिक

केनी पाण्डेको ‘पेम्बाको स्वर्ग’ सार्वजनिक

नेपालखबर
असार १२, २०८१ बुधबार २२:१, काठमाडौँ

प्रवासी जीवन सङ्घर्ष र सफलताका गाथा समेटिएको ‘पेम्बाको स्वर्ग’ नामक पुस्तक सार्वजनिक भएको छ। उपन्यासकार केनी पाण्डेले लामो समय अमेरिका बसाइँ र जीवन भोगाइका यावत विषयलाई समेटर उक्त कृति प्रकाशन गरेका हुन्। आज आयोजित एक कार्यक्रममा कृतिको विमोचन गर्दै चलचित्र निर्देशक यादव खरेलले एक कर्मठ नेपालीको अमेरिकामा सङ्घर्ष र सफलता जोडर मातृभूमिप्रतिको अगाध प्रेमलाई दर्शाएको बताए।
     

उनले भौगोलिक, सांस्कृतिक, भाषिक विविधतायुक्त मुलुक नेपाल विश्वकै आकर्षक गन्तव्य रहेको भन्दै पुस्तकका माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमासमेत टेवा पुग्ने विश्वास व्यक्त गरे।
‘सांसारिक सुख, मोह र समृद्धिभन्दा ठूलो आफ्नै मुलुक हो भन्ने देशप्रेमको गाथालाई पुस्तकले उल्लेख गरेको छ, पुस्तक यथार्थपरक र पुस्तक उपयोगी छ’, खरेलले भने।

पूर्वसचिव डा द्वारिकानाथ ढुङ्गेलले पेम्बाको स्वर्ग पठनीय दस्तावेज भएको बताए। प्रा डा सुरेन्द्र केसीले पेम्बाको स्वर्ग नेपाली साहित्यका क्षेत्रमा सङ्ग्रह गर्न लायक पुस्तक भएको बताए।

पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले पुस्तकले नेपालको धेरै गन्तव्य, रहनसहन र संस्कृतिको वर्णन गरेकाले यसबाट मुलुकको पर्यटन प्रवर्द्धनमा पनि मद्दत पुग्ने विश्वास व्यक्त गरे। यस्तै, प्राध्यापक प्रचण्ड प्रधानले प्रवासी जीवन र समाज परिवर्तनबारे पुस्तकले यथार्थपरक वर्णन गरेको बतारे।

लेखक पाण्डेले नेपाल वायुसेवा निगम, फ्रान्सेली वायुसेवा र अमेरिकन एक्सप्रेससँगको समबद्धताका नेपाललाई पर्यटन गन्तव्यका रुपमा प्रवर्द्धन गर्न विश्वका विभिन्न मुलुकमा प्रचारप्रसार गरे। पुस्तकले मूलतः नेपाली र अमेरिकी संस्कृतिमा हुर्केका युवायुवतीबीचको प्रेम र सांस्कृतिक भिन्नताको कहानी बोलेको छ। उपन्यासको नायक पेम्बा आफू जन्मे–हुर्केको ठाउँ नेपालको दुर्गम हिमाली भेगलाई स्वर्ग मान्छन्।

अमेरिका बसाइँका बाध्यता, त्यहाँको रहनसहन र संस्कृति तथा सामाजिक परिवेश बुझ्दै र भोग्दैजाँदा चाँडै नेपालप्रेम र मोह पुनर्ताजगी हुन्छ र उपन्यासका पात्रले नेपाल फर्कने निधो गर्छन्।

उपन्यासकी नायिका ‘लिनडा’ अमेरिकामा हुर्के–बढेकी हुन्। उनलाई अमेरिका प्यारो छ तर नेपालको पैदलयात्राका क्रममा यहाँको प्राकृतिक सुन्दरता, मानिसको व्यवहार र सांस्कृतिक वैभव देखेपछि अमेरिकाभन्दा नेपाल स्वर्ग छ भन्ने लाग्छ।

पुस्तकले पूर्वीय र पाश्चात्य सांस्कृतिक अन्तरघुलनबाट सिर्जित समस्याहरु तथा पश्चिमी समाजको बैबाहिक जीवन, संस्कार, प्रेमसम्बन्ध आदिलाई पुस्तकले उजागर गरेको छ।

साथै, संसारका अनेक संस्कृतिको चित्रण पनि पुस्तकमा भेटिन्छ। भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको पुस्तक तीन सय पृष्ठको छ। ‘पेम्बाको स्वर्ग’ अङ्ग्रेजी संस्करणलाई धीर भण्डारी र रुपेन्द्र पोखरेलले नेपाली अनुवाद गरेका हुन्।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .