ad ad

समाज


शीतल निवासमा राष्ट्रपतिको रोपाइँ(तस्बिरहरू)

शीतल निवासमा राष्ट्रपतिको रोपाइँ(तस्बिरहरू)

नेपालखबर
असार १५, २०८१ शनिबार १२:२०, काठमाडौँ

एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ। 

राष्ट्रपति कार्यालयद्वारा शनिबार आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत सहभागी भएका थिए। रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि पेसा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताए। 

‘पहिला देशमा फलफूल तरकारीभन्दा धान बढी उत्पादन हुन्थ्यो,’ राष्ट्रपति पौडेलले भने, ‘पहिला धानको मात्र उपयोगले खानामा पोषणतत्वको कमी भइरहेको थियो। पछि जब करेसाबारी बढ्न थाल्यो, धान बाहिरबाट आयात गर्न थालिएको छ।’

अब सन्तुलित खानपीनका लागि फेरि धानको उत्पादन, कृषि पेसा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन आफू प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी उनले स्पष्ट पारे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .