राष्ट्रिय प्रजातन्त्र पार्टीले किसानलाई सहज रुपमा मल बिउलको व्यवस्था गर्न माग गरेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आइतबार धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सो माग गरेको हो।
‘खेतीको समय शुरु भइसकेको अवस्थामा किसानलाई सहज र सरल ढंगबाट रासयनिक मल, बिऊबिजन उपलब्ध गराउन राप्रपा सरकारको ध्यानाकर्षण गराउँदछ’ राप्रपाले विज्ञप्तिमार्फत भनेको छ।
यस्तै, देशका विभिन्न ठाउँमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति पनि राप्रपाले दुःख प्रकट गरेको छ।
विपद व्यवस्थापनको आवश्यक पूर्व तयारी गर्न, सरकारको सबै संयन्त्र परिचालन गर्न राप्रपाले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
राप्रपाले सो दलको जिल्ला अधिवेशनको कार्यविधि, २०८१ संशोधन सहित पारित गरिएको छ। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले आगामी २०८२ वैशाखभित्र सबै जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको जनाइएको छ।
Shares
प्रतिक्रिया