यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सिन्धुलीका १८ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ।
सिन्धुलीका सरकारी र निजी गरी १४५ विद्यालय २०८० सालको एसईई परीक्षामा सहभागी भएका थिए। जसमध्ये १८ विद्यालयबाट एकजना विद्यार्थीले पनि एसईई उत्तीर्ण गर्न नसकेका शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले जनाएको छ।
शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीका प्रमुख निर्मल घिमिरेका अनुसार एसईईमा शून्य नतिजा आउने सबै सामुदायिक विद्यालय हुन्।
यस वर्ष सिन्धुलीबाट एसईई परीक्षामा पाँच हजार २९२ विद्यार्थी सहभागी भएका थिए। त्यसमध्ये
४३.५ प्रतिशत अर्थात् दुई हजार तीन सय विद्यार्थीले एसईई उत्तीर्ण गरेका छन्।
नतिजा शून्य आउनेमा नगरपालिकाका १०, तीनपाटन गाउँपालिकामा तीन, हरिहरपुरगढी गाउँपालिका, कमलामाई नगरपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका र गोलन्जोर गाउँपालिकाका एक÷एक विद्यालय रहेका छन्।
Shares
प्रतिक्रिया